ग्लोबल आईएमई बैंकको नाफा ७ करोड घट्यो

  २०७४ कार्तिक १७ गते ९:४२     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाशमा ग्लोबल आईएमई बैंकको खुदनाफा ७ करोड रुपैयाँ घटेको छ । चालु आर्थिक वर्षको पहिलो ३ महिनामा बैंकको नाफा घटेर ३५ करोड ३२ लाख रुपैयाँमा सीमित भएको छ ।

गत आवको सोही अवधिमा बैंकले ४२ करोड रुपैयाँ खुदनाफा गरेको थियो । बैंकले शुक्रबार सार्वजनिक गरेको चालु आवको ३ महिनाको अपरिष्कृत वित्तीय विवरणमा नाफामा गिरावटसगै प्रतिसेयर आम्दानी (ईपीएस) मा समेत घटेर १७.४८ प्रतिशतमा सीमित भएको छ । गत असारमा बैंकको ईपीएस २५ रुपैयाँ २२ पैसा थियो ।

समीक्षा अवधिमा बैंकको खराब कर्जा १.५७ प्रतिशत पुगेको छ । बैंकको पुँजीगत लागत बढेर ७.२३ प्रतिशत पुगेको छ । प्राथमिक पुँजी, कर्जा र निक्षेप अनुपात (सीसीडी) ७७.३५, आधार दर १०.५४ प्रतिशत रहेको छ । कर्जा निक्षेपबीचको औसत ३.२५ पैसा रहेको बैंकले जनाएको छ ।

असोजसम्म बैंकले निक्षेप परिचालन ३ अर्ब रुपैयाँ बढाएर १ खर्ब ४ अर्ब ९४ करोड रुपैयाँ पुर्याएको छ । कर्जा लगानी बढेर ८८ अर्ब ७७ करोड रुपैयाँ पुगेको छ । गत असारमा यस्तो लगानी ८० अर्ब ८१ करोड रुपैयाँ थियो । ३ महिनामा बैंकले कर्जा लगानी ८ अर्ब रुपैयाँ बढाएको वित्तीय विवरणमा उल्लेख छ । बैंकको संचित कोष बढेर ४ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ । यस्तै बैंकको चुक्तापुँजी ८ अर्ब ८ करोड रुपैयाँ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.