एक महिना भित्रै ब्रोकर कम्पनीलाई मार्जिन ल्याण्डिङको सुबिधा, सेयर लगानीकर्तालाई राहत

  २०७४ कार्तिक ८ गते १३:५५     नारायण पौडेल

काठमाडौं । ब्रोकर कम्पनीहरुले एक महिनाभित्रै मार्जिन ल्याण्डिङको सुबिधा पाउने भएका छन् । नेपाल धितोपत्र बोर्डले एक महिनाभित्रै ब्रोकर कम्पनीहरु मार्फत निश्चित मात्रामा मार्जिन ल्याण्डिङ सेवा सञ्चालन गर्ने तयारी गरेको हो ।‘एक महिना भित्रै ब्रोकर कम्पनीहरु मार्फत मार्जिन ल्याण्डिङको सेवा दिने गरि विभिन्न मोडालिटीमा छलफल भैरहेको छ’, धितोपत्र बोर्डका कार्यकारी निर्देशक तथा प्रवक्ता निरज गिरीले विकासन्युजसँग भने ।

बोर्डले ब्रोकर कम्पनीहरुलाई मार्जिन ल्याण्डिङको सुविधा दिनेबारे अध्ययन गरेरको थियो । सोही अध्ययनको निष्कर्षका रुपमा तयार पारिएको प्रतिवेदनका आधारमा बोर्डले ब्रोकर कम्पनीलाई मार्जिन ल्याण्डिङको सुबिधा दिन लागेको हो ।‘कस्तो ब्रोकर कम्पनीलाई कतिसम्म मार्जिन ल्याण्डिङ गर्न दिने भन्नेबारे एउटा निचोडमा पुगेका छौं, अब ब्रोकर कम्पनीसँग प्रस्ताव मागदैछौं’, धितोपत्र बोर्डका प्रवक्ता गिरीले भने ।

बोर्डको अध्ययनले ब्रोकरको स्वपुँजीबाटै मार्जिन ल्याण्डिङको सेवा दिने, ब्रोकर कम्पनीले बैंक ग्यारेण्टी गरिदिने लगायतका चारवटा मोडल प्रस्ताव गरेको छ । ब्रोकर कम्पनीहरुले मार्जिन ल्याण्डिङको सुविधा पाउने हो भने लगानीकर्ताले सेयर किन्नु पूर्व नै ब्रोकर कम्पनीहरुबाट ८० प्रतिशतसम्म कर्जा पाउने छन् ।
ब्रोकर एसोसियसनका अध्यक्ष प्रियराज रेग्मीले पनि मार्जिन ल्याण्डिङको सुबिधा दिनेबारे बोर्डसँग छलफल भएको बताए ।

‘स्वपुँजी वा सापटीबाट दिन सकिनेबारे हामीले सुझाव दिएका थियौं, सेयरको मूल्य कति घटेपछि ऋण फिर्ता लिने भन्नेबारे पनि सुझाव दिएका थियौं’, ब्रोकर एसोसियसनका अध्यक्ष रेग्मीले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.