तपाईको गाउँ/शहर प्रदेश सभाको कति नम्बर क्षेत्रमा पर्छ ? थाहा पाउन यहाँ क्लिक गर्नुहोस्

  २०७४ कार्तिक ७ गते ११:५४     विकासन्युज

काठमाडौं । पहिलो चरणको निर्वाचनको लागि ३२ जिल्लामा मनोनयन समेत दर्ता भैसकेको छ । तर अधिकांश नागरिकलाई आफ्नो गाउँ/शहर प्रदेश सभाको कति नम्बर निर्वाचन क्षेत्रमा पर्छ भन्ने समेत जानकारी छैन। राजनीतिक दलहरुले उम्मेदवारी दर्ता गरेपछि मत माग्न गरेको प्रचार प्रसारमा प्रदेश सभा क र ख भनिरहेका छन् । एउटा प्रतिनिधी सभा निर्वाचन क्षेत्रमा २ वटा प्रदेश सभा निर्वाचन क्षेत्र रहने प्रावधान छ । (तपाईको गाउँ/शहर प्रदेश सभाको कति नम्बर क्षेत्रमा पर्छ ? थाहा पाउन यहाँ क्लिक गर्नुहोस् )

तर निर्वाचन क्षेत्र निर्धारण आयोगले सार्वजनिक गरेको सूचिमा भने प्रदेश सभामा पनि एक नम्बर र २ नम्बर नै उल्लेख गरिएको छ । निर्वाचन आयोगले प्रदेश सभामा उम्मेदवारी दर्ता गराउँदा भने क र ख उल्लेख गरेको छ ।‘आयोगले प्रदेश सभामा उम्मेदवारी दर्ता गराउँदा निर्वाचन क्षेत्र क र ख भनेको छ, एक र २ नम्बर भन्दा नागरिकलाई बुझाउन कठिन हुने भएकाले क र ख भनेका हौं’, निर्वाचन आयोगका सहायक प्रवक्ता मुकुन्द शर्माले विकासन्युजसँग भने ।

उता, निर्वाचन क्षेत्र निर्धारण आयोगका सदस्य माधव अधिकारीले प्रदेश सभा निर्वाचन क्षेत्रमा आयोगले १ र २ नम्बर गरि विभाजन गरेको बताए । उनले पुर्वी क्षेत्रलाई १ र पश्चिम क्षेत्रलाई २ नम्बर बनाउने सिद्धान्त अनुसार अधिकांश निर्वाचन क्षेत्र निर्धारण गरिएको जानकारी दिए । ‘हामीले १ र २ गरेका हौं, आयोगले क र ख गरेको छ । प्रतिनिधी सभालाई संघिय भनेका छौं, प्रदेशको लागि प्रादेशिक सभा निर्वाचन क्षेत्र भनेका छौं । नम्बर राख्ने बेलामा सुर्य उदाउने तिर एक नम्बर र घाम अस्ताउने तिर २ नम्बर भनेका छौं’, अधिकारीले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.