यी १२ तरकारी तथा फलफुल, जसमा बढी छ विषादी रहने खतरा

  २०७४ कार्तिक ५ गते १६:०८     बिबिसी

काठमाडौं । तरकारी र फलफुलबिना पौष्टिक आहार अधुरो मानिन्छ । तर त्यसका सतहमा टासिएका किटनाशक विषादीका बारेमा सबैलाई जानकारी नहुनसक्छ ।

खेती गर्दा बालीलाई किराबाट जोगाउनका लागि विभिन्न किसिमका किटनाशक विषादी प्रयोग गरिन्छ । त्यसपछि तरकारीलाई बजारसम्म पुर्‍याइन्छ ।

अमेरिकाको गैरनाफामुलक संगठन इन्भाइरोमेन्छल वर्किङ ग्रुप (इडब्लुजी)ले १२ सबेभन्दा ‘फोहोरी’ तरकारीको नाम सूचि तयार गरेको छ । यसमा स्ट्रबेरी, पालुंगो, आरु, स्याउ, नास्पाती, चेरी, अंगुर, तुलसीको पत्ता, टमाटर, रातो खुर्सानी र आलु पर्छ ।

विभिन्न किसिमका किटनाशक

अमेरिकाको कृषि विभागका अनुसार सन् २०१५ मा ७०६ स्ट्रबेरीको नमुना परिक्षण गरिएको थियो । जसमा करिब ४० प्रतिशतसम्म ७० वटा फरक किसिमका किटनाशक पाइएको थियो ।

युरोपमा युरोपियन फुड सेफ्टी अथोरिटी (एफ्सा)ले यो वर्ष तयार पारेको रिपोर्ट अनुसार ८४ हजार भन्दा बढी खाद्यान्नको नमुना परिक्षणमा ४३.९ प्रतिशत किटनाशक पाइएको थियो ।

यद्दपी ‘नो टक्सिङ टू द लिभिङ सानो फाउण्डेशन’ का निदेशक कार्लोस डिप्राडाका अनुसार, कुन फलफुल वा तरकारीमा धेरै किटनाशक हुनसक्छ यसको सामान्यीकरण गर्न सजिलो छैन ।

संसारभर फरक किसिमका किटनाशकको प्रयोग

संसारभरमा खानीकुराको खपत र किटनाशकको प्रयोग एकै किसिमको नभएको विज्ञहरु बताउछन् । कुनै देशमा किटनाशकलाई प्रतिबन्ध लगाइएको छ भने कुतिपयमा स्वतन्त्रता छ ।

अमरीका र युरोप दुवै क्षेत्रको खाद्य पदार्थमा किटनाशकको मात्रा निकै कम पाइएको छ । तर स्वास्थ्य जगतका केही कर्मचारीहरु धेरै किसिमका किटनाशक एकै ठाँउमा आउदा त्यसको ‘ककटेल प्रभाव’ पर्ने जोखिम रहेको बताउछन्।

यो विषयमा केही वैज्ञानिक अनसन्धान गरेपछि पत्ता लगाएअनुसार किटनाशक जस्ता फरक विषालु पदार्थको मिश्रणले प्रजनन क्षमता, वीर्यको गुणवत्ता र बच्चाहरुको दिमागी विकासमा पर्नसक्ने समस्या र हार्मोनको समस्या पैदा गर्न सक्छ ।

कसरी हटाउने किटनाशक ?

  • डि प्राडाका अनुसार अर्गानिक फलफुल तथा तरकारीको प्रयोग गर्नु नै किटनाशकबाट बच्ने प्रभावमुलक उपाय हो । यद्दपि यो महंगो छ र सजिलै बजारमा नपाइनसक्छ ।
  • फल तथा तरकारीलाई मिच्ची मिच्ची धुनाले पनि केही किटनाशक जान्छ । तर यसले किटनाशकलाई पूर्णरुमा सखाप पार्दैन । अमरीकामा धोएपछि नमुना परिक्षण गरेर मात्रै सबैभन्दा हानिकारक फल-तरकारीको सूची बनाइएको थियो ।
  • तरकारी र फलफुललाई ताछेर पनि किटनाशकको मात्रा घटाउन सकिन्छ । यद्दपी यसमा फाइबर तथा भिटामिन नाश हुने सम्भावना रहन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.