एनबीआईको नवौँ वार्षिक साधारणसभा सम्पन्न, सेयरधनीलाई ५ प्रतिशत लाभांस दिने प्रस्ताव पारित

  २०७४ असोज २९ गते १८:३६     विकासन्युज


काठमाडौं । नेसनल बैंकिङ्ग ईन्ष्टिच्युट (एनबीआई) ले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई ५ प्रतिशत लाभांश दिने भएको छ ।

एनबीआईको आइतबार राजधानीमा सम्पन्न नवौ वार्षिक साधारणसभाले सेयरधनीलाई लाभांश दिनुका साथै वार्षिक तथा लेखापरीक्षण प्रतिवेदन र नगद प्रवाह विवरण पारित गरेको छ ।

सो अवसरमा बैंकिङ्ग क्षेत्रका दक्षजनशक्ति अभिवृदि गर्न माथिलो तहको कोर्स चाटर्ड एसोसियट्स नेसनल बैंकिङको सुरुवात भएको जानकारी गराइएको थियो ।

यस कोर्सले कर्मचारीलाई आधुनिक बैंकिङ्ग प्रणाली सम्बन्धी ज्ञान दिनुका साथै कर्मचारीलाइ  दक्ष बैंकिङ्ग कार्यसम्पादनमा  मदत पुग्ने एनबीआईका अध्यक्ष लक्ष्मीप्रपन्न निरौलाले बताए ।

प्रमुख कार्यकारी अधिकृत (सीईओ) संजिब सुब्बाले, एमबीए कोर्स संचालन गर्नको आपmनो विदेशी साझेदारसंग परामर्श भइरहेको जानकारी गराए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.