लघुवित्त वित्तीय संस्थाले २६ जनाको लागि रोजगारी खुलायो

  २०७४ असोज २७ गते ११:५८     विकासन्युज

काठमाडौं । आर्थिक समृद्धि लघुवित्त वित्तीय संस्थाले २६ जनालाइ रोजगारी दिने भएको छ । ग्रामीण क्षेत्रमा रहेका बिपन्न वर्गसँग प्रत्यक्ष सम्पर्कमा रहेर काम गर्न इच्छुकले मात्र आवेदन दिन पाउने संस्थाले जनाएको छ ।

पदको हकमा जुनियर अधिकृतले वाणिज्य, तथ्यांकशास्त्र वा गणित विषय लिई स्नातक तह उतिर्ण गरि कम्तिमा २ वर्ष लघुवित्त वा बैंकिङ क्षेत्रमा कार्य गरेको अनुभव हुनुपर्नेछ । यस पदको लागि एक जना मागेको छ । शाखा प्रबन्धकको लागि १० जना मागको छ भने सहायकमा ५ जना मागेको छ । सहायकको लागि भने सोहि विषयमा १०+२ उत्तिर्ण गरी कम्तिमा १ वर्ष सोहि क्षेत्रको अनुभव हुनुपर्ने छ । त्यसैगरी, सहायक प्रशिक्षार्थी १० जना मागेको छ । जसमा १०+२ उत्तिर्ण हुनुपर्ने संस्थाले जानकारी दिएको छ ।

जुनियर अधिकृत पदको लागि २१ वर्ष पुरा भई ४० वर्ष ननाघेको र अन्य पदका लागि १८ वर्ष पुरा भई ३५ वर्ष ननाघेको तर महिलाको हकमा उमेरको हद ४० वर्ष हुनेछ । साथै, यसको परिक्षा लिखित, प्रस्तुतिकरण र अन्तवार्ता हुने संस्थाले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.