२०७४ असोज २६ गते ८:५७ विकासन्युज
काठमाडौं । मेगा बैंकले विपन्न वर्गमा बैकिङ सेवा दिन मेगा सहकारी प्याकेज योजना ल्याएको छ ।
बैंकले विभिन्न सहकारी संस्थासंग सहकार्य गरेर विपन्न वर्गमा बैकिङ सेवा उपलब्ध गराउन यस्तो योजना ल्याएको हो । यसका लागि बैंकले सहकारी संस्था र पदाधिकारीलाई विशेष योजना ल्याएको जानकारी दिएको छ ।
कल खातामा न्युनतम् मौज्दात १ लाख रुपैयाँमा ब्याज दर अधिकतम वार्षिक ६.५ प्रतिशत, शुन्य मौज्दातमा मेगाको रेमिट एजेन्सी सेवा, सहकारीका पदाधिकारीलाई क्रेडिट कार्डमा ५० प्रतिशत छुट दिने छ ।
यस्तै कर्जा लिदा सेवा शुल्कमा २५ विन्दुसम्म छुट, कारोबारका आधारमा सहकारीबाट नगद संकलनको व्यवस्था, विपन्न वर्गमा लगानी गर्न थोक कर्जा, मेगा डेविट कार्ड र मोवाइ बैकिङ सुविधा रहेको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.