अमेरिकी डलर फेरी महंगिएर १०४.४७ रुपैयाँ पुग्यो, बजार भाउ बढ्ने

  २०७४ असोज १० गते १३:१४     विकासन्युज

काठमाडौं ।  नेपाली रुपैयाँसंग निरन्तर कमजोर हुदै गएको अमेरिकी डलर पुनः मजवुत भएको छ ।  डलर मजवुत भएर मंगलबार १०४ रुपैयाँ ४७ पैसा पुगेको छ । गत भदौमा बिक्रीदर १ डलर बराबर १०२ रुपैयाँ ७४ पैसा थियो ।

दुई साताका बीचमा डलर १ रुपैयाँ ७३ पैसा महंगिएको छ । डलर मजवुत भएपछि आयातित वस्तुको भाउ बढेर उपभोक्ता मूल्यवृद्धि गराउने छ ।

भारतीय अर्थतन्त्र कमजोर हुदै गएका कारण भएपछि यसको प्रभाव नेपाली रुपैयाँमा परेको हो ।

नेपाली रुपैयाँ र भारुबीच स्थिर विनिमय दर (फिक्सड पेग ) भएका कारण भारु कमजोर हुन साथ यसको प्रभाव नेपाली रुपैयाँमा पर्ने गर्छ ।

भारतले वस्तु तथा सेवा कर (जीएसटी) लागु गरेपछि अर्थतन्त्र मजवुत हुदै गएको बताए पनि भारु कमजोर भएको छ । रिजर्व बैंक अफ इन्डिया (आरबीआई) ले मंगलबार १ डलर बराबर ६४ रुपैयाँ ८३ पैसा भारु तोकेको छ । डलर मजवुत हुदै गएपछि गत मंसिरमा १ डलर बराबर ७० भारुसम्म पुगेको थियो । गत मंसिरमा डलर मजवुत भएपछि ११० रुपैयाँ २६ पैसासम्म पुगेको थियो ।

०७४ असार मसान्तको तुलनामा २०७४ साउन मसान्तमा नेपाली रूपैयाँ डलरसँग ०.६ प्रतिशतले अधिमूल्यन भएको थियो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दर करिब स्थिर थियो । ०७४ साउन मसान्तमा १ डलर बराबर १०२ रुपैयाँ २९ पैसा पुगेको थियो ।

गत आर्थिक वर्षमा १ डलर बराबर औसत १०६ रुपैयाँ २१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । गत जुनमा पनि १ डलर बराबर १०३ रुपैयाँ २१ पैसा थियो । सन् २०११÷०१२ मा डलर औसत ८१ रुपैयाँ थियो । त्यसपछि डलर मजवुत हुदै १११ रुपैयाँसम्म पुगेको थियो ।

डलर मजवुत भएपछि आयातित बस्तुको महंगो पर्ने र यसले मूल्यवृद्धिमा चाप पार्छ । यस्तै राज्यले विदेशी दातृनिकायसंग लिएको ऋणको भार पनि बढ्छ । अन्तराष्ट्रिय बजारमा हवाइ टिकट महंगो हुनुका विद्युत प्राधिकरणले डलरमा बिजुली खरिद गर्दा तिर्ने दाइत्व पनि बढ्छ ।
वैदेशिक रोजगारीमा जानेले पठाउने रेमिट्यान्स आप्रवाह बढ्ने छ । यस्तै विदेशबाट प्राप्त हुने पेन्सनवापतको रकम आप्रवाहमा बढी हुन्छ । डलर मजवुत हुदा विदेशी पर्यटकलाई फाइदा हुन्छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.