२ बर्ष भित्र सबै नेपालीका घरमा इन्टरनेट, एक बर्षभित्रै १०० औं नम्बरमा

  २०७४ असोज ९ गते १४:४१     विकासन्युज

काठमाडौं । आगामी २ बर्षभित्रै सबै नेपालीका घरमा हाइस्पिडको इन्टरनेट सेवा पुग्ने भएको छ । नेपाल दुर सञ्चार प्राधिकरणले ग्रामिण दुर सञ्चार कोषको रकम प्रयोग गरेर २ बर्षभित्रै सबै नेपालीका घरमा इन्टरनेट सुबिधा पुर्याउने भएको हो । ‘आगामी २ बर्ष भित्रै सबै नेपालीका घरमा हाइस्पिडको इन्टरनेट सुबिधा पुग्छ, हामीले त्यसका लागि ठोस योजना बनाएरै काम गरिरहेका छौं’, दुर सञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले भने ।

व्यवस्थापिका संसदको विकास समिति बैठकमा अध्यक्ष झाले ५० बर्षसम्म नभएका काम २ बर्षमै सम्पन्न गरेको दावी पनि गरे । उनले हाल नेपाल विश्वको आइसीटी इन्डेक्समा १४१ औं स्थानमा रहेको पनि बताए । करिब ८ बर्ष अघिसम्म ८१ औं स्थानमा रहेको नेपाललाई अन्य मुलुकले उछिनेको उनको भनाई थियो । हाल दक्षिण कोरिया आइसटी इन्डेक्समा एक नम्बरमा रहेको छ ।

झाले आगामी एक बर्षभित्रै नेपालले विश्वको आइसीटी इन्डेक्समा १०० औं स्थान प्राप्त गर्ने दावी पनि गरे । त्यसका लागि ग्रामिण दुर सञ्चार कोषको रकम उपयोग गरिरहेको पनि उनले बताएका थिए । मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइबर बिछ्याउने काममा नेपाल टेलिकमले खासै प्रगति नगर्न नसकेको भन्दै उनले दुःख व्यक्त गरेका थिए । त्यस्तै, युटिएल र स्मार्ट टेलिकमले पनि अप्टिकल फाइबरको काम तीव्र गतिमा नगरेको झाको भनाई थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.