सिटिजन्स बैंकको नयाँ शाखा मवानपुरको मनहरीमा विस्तार

  २०७४ भदौ २७ गते १९:४६     विकासन्युज

मकवापुर । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ६२औं शाखा मकवानपुरको मनहरीमा विस्तार गरेको छ । बैंकका नायव प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले मंगलबार शाखाको उद्घाटन गरेका छन् ।

शाखा उद्घाटनमा बैंकले दुई स्थानिय विद्यालयहरुलाई १/१ थान कम्प्यूटर वितरण गर्नुका साथै मनहरी बजारमा आयोजना हुन लागेको दुर्गा उत्सव सम्पन्न गर्नका लागि आर्थिक सहयोग १० हजार रुपैयाँ प्रदान गरेको छ । समारोहमा जिल्लाका उच्च पदस्थ सरकारी कर्मचारी, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजको उपस्थिति रहेको थियो ।

देशभर ६२ वटा शाखा रहेको यो बैंकले निकट भविष्यमा हुम्लाको सर्केगाड, डांगको बंगलाचुली, झापाको हाल्डीबारी, महोत्तरीको औरही तथा बर्दियाको बडैयातालमा शाखा विस्तार गर्ने योजना अगाडी सारेको छ ।

हालसम्म यसले ५९ वटा ए.टि.एम. काउन्टर र ९७ वटा शाखारहित बैंकिङ सेवा प्रदान गरिरहेको बैंकले जानकारी दिएको छ  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.