ला ट्रोब स्कुलले नेपाली विद्यार्थीहरुलाई नाेभेम्बरमा भर्ना लिने

  २०७४ भदौ २५ गते १६:१७     विकासन्युज

काठमाडौं । अस्ट्रेलीयन ला ट्रोब बिजनेश स्कुलले नेपाली विद्यार्थीहरूका लागि नयाँ भर्ना नोभेम्बरमा लिने भएको छ । नेपालका विद्यार्थीहरूको मागलाई ध्यानमा राखेर यस बिजनेश स्कुलले नोभेम्बर महिनामा अन्डरग्राज्युएट बिजनेश कोर्शहरूमा नयाँ भर्ना लिने घोषणा गरेको हो ।

केही वर्ष अघि नै ला ट्रोब बिजनेश स्कुलले आफ्ना स्नातकोत्तर कार्यक्रमहरूका लागि तेस्रो सेमेस्टर पनि थप गरेको थियो । यी कार्यक्रमहरू अहिले नेपाल, भारत र श्रीलंकाका विद्यार्थीहरूमा ज्यादै लोकप्रिय बनेकाे छ। यसका अलावा सम्बन्धित उद्योगहरूको आवश्यकता पूर्ति गर्नको लागि र रोजगार बजारमा देखिएका पछिल्ला प्रवृत्तिहरूलाई ध्यानमा राखी नयाँ कार्यक्रमहरू पनि आरम्भ गरेकाे छ ।

“ला ट्रोब विश्वविद्यालयको हाम्रो क्षेत्रका मुख्य देशहरूसँग सम्पर्क गर्ने र विद्यार्थीहरूका लागि उत्कृष्ट तर अवसरहरू सिर्जना गर्ने निरन्तरको प्रयासले ला ट्रोब बिजनेश स्कुल फेरि नेपालमा आएको छ ।” प्रोफेसर पल माथरले भने ।

पछिल्लो अकेडेमिक र्याङ्किङ अफ वल्र्ड युनिभर्सिटीजका एआरडब्लुयु नतिजाहरूले ला ट्रोबलाई आफ्नो उपलब्धिमा सबैभन्दा बढी सुधार गर्न सफल अष्ट्रेलिया विश्वविद्यालयको रूपमा स्थापित गरेको छ । एआरडब्लुयु र्याङ्किङहरूमा यसको आजसम्मको सर्वाेत्कृष्ट नतिजा भएको विद्यालयले जनाएको छ ।

एकपटक फेरि ला ट्रोब बिजनेश स्कुल, अष्ट्रेलियाले छात्रवृत्तिहरू प्रदान गर्दैछ, जसको मूल्य कूल शैक्षिक शुल्कको १५ देखी २५ प्रतिशतसम्म छ । सन् २०१७ देखि प्रदान गरिएका यी छात्रवृत्तिहरू अन्डरग्राज्युएट र पोष्टग्राज्युएट तहमा अध्ययनरत अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि हो । यी छात्रवृत्तिहरू प्राप्तांकको उत्कृष्टतामा आधारित छन् र विद्यार्थीको पछिल्लोे शैक्षिक उपलब्धिका आधारमा प्रदान गरिनेछ । छात्रवृत्तिहरू प्रदान गर्दा पहिला भर्ना हुने विद्यार्थीहरूलाई ग्राह्यता दिइने जानकारी दिएको छ ।

उक्त विश्वविद्यालयले स्वदेशी तथा अन्तर्राष्ट्रिय बजारहरूलाई लक्षित गरी मास्टर अफ प्रोफेस्नल अकाउन्टीङ (सीपीए अस्ट्रेलीया एक्सटेन्सन्), बिज्नेस एनालाइटीक, इन्फरमेसन सीस्टम म्यानेजमेन्ट, स्नातक व्यवसाय तथा कमर्सलगायतका कार्यक्रमहरु शुरु गरेको जानकारी दिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.