निर्धन उत्थान बैंकको आकर्षक लाभांश, सेयरधनीले ८१ प्रतिशत लाभांश पाउदै

  २०७४ भदौ २५ गते ११:०२     विकासन्युज

काठमाडौं । निर्धन उत्थान बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई झण्डै ८१ प्रतिशत लाभाँश दिने भएको छ ।

बैंकको गत बिहीबार बसेको सञ्चालक समिति बैठकले चुक्तापुँजीको ६६.६७ प्रतिशत अर्थात ४० करोड रुपैयाँ बोनस सेयर र १४ प्रतिशत अर्थात ८ करोड ४२ लाख १० हजार रुपैयाँ नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

सो लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति र साधारणसभाबाट पारित हुन बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.