इन्भेष्टमेन्ट बैंकलाई धितोपत्र बोर्डको तीन दिने स्पष्टिकरण

  २०७४ भदौ २२ गते १२:०५     विकासन्युज

काठमाडौं । नेपाल धितोपत्र बोर्डले नेपाल इन्भेष्टमेन्ट बैंकसँग तीन भित्र स्पष्टिकरण मागेको छ । बैंकले लाभांश वितरण सम्बन्धी निर्णयको गलत सूचना प्रवाह गरेर सेयर बजार प्रभावित गरेको भन्दै बोर्डले तीन दिन भित्र स्पष्टिकरण बुझाउन पत्र काटेको हो ।‘नेपाल इन्भेष्टमेन्ट बैंकले लाभांश सम्बन्धी गलत सूचना प्रवाह गरेर सेयर बजारलाई प्रभावित पारेको देखियो, तीन दिन भित्र स्पष्टिकरण बुझाउन भनेका छौं’, बोर्डका प्रवक्ता निरज गिरीले विकासन्युजसँग भने । बोर्डले बैंकलाई बुधबार नै पत्र लेखेर तीन दिनभित्र स्पष्टिकरण बुझाउन भनेको हो ।

उनले सेयर बजारलाई प्रभावित पार्ने सूचना प्रवाह गर्नुलाई टाइपिङ इरोर मात्रै मान्न नसकिने पनि स्पष्ट पारे । ‘सेयर बजारलाई नै प्रभावित पार्ने निर्णयको प्रचारलाई टापिङ इरोर मात्रै हो भन्न सकिन्न,  हामी गम्भिर भएका छौं’, बोर्डका प्रवक्ता गिरीले भने । बैंकले भदौं २१ गते बैठक राखेर लाभांश सम्बन्धी निर्णय सच्याउँदै १५ प्रतिशत बोनस सेयर र २५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको थियो ।

बैंकले अघिल्लो निर्णयमा टाइपिङ बिग्रिएको दावी समेत गरेको छ । गलत सूचना दिएर सेयर बजारलाई प्रभावित पार्नेलाई १ लाखदेखि ३ लाखसम्म जरिवाना वा २ बर्षसम्म कैद वा दुबै सजाय हुने प्रावधान रहेको छ । सेयर बजार कानुनका जानकार ज्योति दाहालले गलत सूचनाको उत्पादन र प्रवाहमा संलग्न कम्पनी सम्बद्ध व्यक्तिहरुलाई आजिवन सूचिकृत कम्पनीका लागि आयोग्य घोषित गरिनुपर्ने बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.