सडक दुर्घटनामा यात्रुको कमजोरी ३ प्रतिशत मात्रै, पाँच बर्षमा बढ्यो साढे २७ प्रतिशत दुर्घटना

  २०७४ भदौ २२ गते ११:११     विकासन्युज

काठमाडौं । नेपालमा हुने सडक दुर्घटनाहरुमा यात्रुुको कमजोरी न्युन देखिएको छ । व्यवस्थापिका संसदको विकास समितिले गठन गरेको उप समितिले तयार पारेको प्रतिवेदन अनुसार सडक दर्घटनामा यात्रुहरुको कमजोरी ३ प्रतिशत मात्रै हुने तथ्य उजागर भएको हो । समितिले तयार पारेको अध्ययन प्रतिवेदन अनुसार सडक दुर्घटनामा यातायात व्यवस्था विभागको ४० प्रतिशत कमजोरी, सडक विभागको २० प्रतिशत, यातायात व्यवसायी र चालकहरुको २० प्रतिशत, स्थानीय तहको १२ प्रतिशत र नेपाल प्रहरीको ५ प्रतिशत कमजोरी देखिएको हो ।

‘सवारी दुर्घटना तथा सवारी सुरक्षा सम्बन्धी अधिकांश अधिकार यातायात व्यवस्था विभागललाई छ तर उसले कुनै काम गरेको देखिएन, सवारी साधन दुर्घटनाको मुख्य जिम्मेवार यातायात व्यवस्था विभाग र सडक विभाग अनि यातायात व्यवसायी तथा चालक हुन’, विकास समितिको सडक सुरक्षा उप समितिका संयोजक गणेश पहाडीले विकासन्युजसँग भने । पहाडीका अनुसार यातायात व्यवस्था विभागले आफ्नो अधिकारको उपयोग गरेको छैन भने सडक विभागले सडक सुरक्षाको मापदण्ड अनुसारका सडक डिजाइन गरेको छैन, त्यस्तै, यातायात व्यवसायी र चालकले लापरवाही गरिरहेका छन भने स्थानीय तहले पनि सडकको मर्मतमा ध्यान दिएको छैन् । त्यसैगरि ट्राफिक प्रहरीले नियम पालना गराउन उल्लेख्य भूमिका खेलेको छैन भने यात्रुहरुले जथभावी बाटो काट्ने गरेकाले दुर्घटना भैरहेका छन् ।

अध्ययन प्रतिवेदनले पछिल्लो पाँच बर्षमा २७.५६ प्रतिशतले सडक दुर्घटना बढेको देखाएको छ । आर्थिक वर्ष २०६९।७० मा ३७७० वटा सडक दुर्घटना भएका थिए भने आव २०७३।७३ मा त्यस्तो ५२०५ पुगेको छ । सो अवधीमा १४३५ वटा दुर्घटना बढेको देखिन्छ । प्रतिवेदनका अनुसार सडक दुर्घटनामा १६ देखि २५ बर्ष उमेर समुहका ४९ प्रतिशत, २५ देखि ४० बर्ष समुहका ३५ प्रतिशत र ४० भन्दा माथी उमेर समुहका मानिसहरुको १६ प्रतिशत मृत्यु हुने गरेको छ ।
नेपालमा हालसम्म २७ लाख ८३ हजार ४ सय २८ वटा सवारी साधन दर्ता रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.