हिरो मोटकर्पले ल्यायो दुई माेडलका नयाँ स्कुटी, मुल्य १ लाख ८१ हजार रूपैयाँसम्म पर्ने

  २०७४ भदौ १३ गते १७:४२     विकासन्युज

काठमाडौं । हिरो मोटोकर्प लिमिटेडले दुइपांग्रे सवारीमा माइस्ट्रो एज र नयाँ प्लेजर गरी दुई माेडलका नयाँ स्कुटी बजारमा ल्याएको छ ।

राजधानीमा मंगलबार आयोजित नाडा अटो सो कार्यक्रममा नयाँ इन्जिन र च्यासिसमा बनेको माइस्ट्रो एजल हिरोको नयाँ प्रविधि तथा आविष्कार प्रतिको कुशलतालाई जोड दिएको छ । बिएसफोर ११०.९ सिसीको एयर कुल्ड ४-स्ट्रोक सिंगल सिलिण्डर ओएचसी इन्जिनले हिरो माइस्ट्रो एजलाई ७५०० आरपीएममा ८ बिएचपीको अधिकतम पावर र ५५०० आरपीएममा ८.७ एनएमको अधिकतम दिने कम्पनीले जनाएको छ ।

उक्त बजारमा आएका स्कुटरहरुमा इ- कोड सहितको चाबी हुनुको साथै मोबाइल चार्जिङ पोटको पनि व्यवस्था रहेको छ । सिट र फ्युल –लिड खोल्न रिमोट कन्ट्रोलको व्यवस्था भएको स्कुटी हो । उक्त स्कुटीमा सर्भिस ड्यु र साइड स्ट्याण्ड इन्डिकेटर, फ्रन्ट र अन्डर सिट लगेज हुक्, स्कुटीको अगाडीका पांग्रा १२ इन्च भएकाले सन्तुलनमा वृद्धि हुने तथा आरामदायी यात्रा हुने कम्पनीले जानकारी दिएको छ ।

हिरो माइस्ट्रो एज तिन रङ्मा खरिद गर्न सकिने हुन्छ जसअन्तर्गत फायरी रेड, म्याट ग्रे, र सेतो रङमा उपलब्ध छ । साथै, उक्त स्कुटीको मुल्य १ लाख ८१ हजार रूपैयाँ कायम गरेको कम्पनीले जनाएको छ ।

बिएसफो १०२ सिसीको एयर कुल्ड ४–स्ट्रोक सिंगल सिलिण्डर ओएचसी इन्जिनले हिरो प्लेजर ७००० आरपीएममा ६.९ बिएचपीको अधिकतम पावर दिन्छ र ५००० आरपीएममा ८.१ एनएमको अधिकतम टर्क दिने उक्त जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

उक्त स्कुटरमा पनि मोबाइल चार्जर लगायत हिरो पेन्टेड इन्टिग्रेटेड ब्रेकिङ सिस्टम रहेको छ । साथै, उक्त स्कुटीको मुल्य १ लाख ६५ हजार ५०० रूपैयाँ रहेको हिरो मोटोकर्पले जानकारी दिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.