नेपाल व्यवस्थापन संघ र भारतको पीएचडी चेम्बरबीच समझदारी, व्यवसायको विस्तार गरिने

  २०७४ भदौ ९ गते १३:१८     विकासन्युज

नयाँ दिल्ली । नेपाल व्यवस्थापन संघ र पिएचडी चेम्बर अफ कमर्श एण्ड इण्डष्ट्रिज, भारत बीच आपसी सहकार्यका लागि विहीबार समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

पिएचडी चेम्बर अफ कमर्श एण्ड इण्डष्ट्रिज द्वारा आयोजित “इण्डो–नेपाल जिएसटी मिट” कार्यक्रममा समझदारीपत्रमा हस्ताक्षर भएको हो । यो समझदारीपत्र भारतको नयाँ दिल्लीस्थित नेपाली राजदुतावासद्वारा आयोजित ताजमहल होटलमा हुने कार्यक्रममा प्रधानमन्त्री शेर बहादुर देउवाको उपस्थितिमा आदान प्रदान हुने कार्यक्रम छ ।

उद्योग र वाणिज्य क्षेत्रको विकास, विस्तार, प्रत्यक्ष विदेशी लगानी प्रवद्र्धन र प्रविधि हस्तान्तरणका क्षेत्रमा अध्ययन एवं अनुसन्धान, उपयुक्त र सामयिक नीतिगत व्यवस्थाका लागि पैरवी, उपयुक्त जनशक्ति विकास, दक्ष र प्रभावकारी व्यवस्थापन सहित प्राविधिक तथा आर्थिक क्षेत्रमा पारस्पारिक सहयोग आदानप्रदान गर्ने सदाशय अनुरुपका उद्देश्य राखेर यो समझदारी गरिएको छ ।

समझदारी अनुसार दुवै संस्थाहरुले व्यवसायिक सम्बन्ध स्थापना गरी पारस्पारिक सहयोगको आधारमा दुवै मुलुक, दुवै संस्था र त्यसमा आवद्ध सदस्यहरुलाई प्रत्यक्ष लाभ पु¥याउने क्षेत्र पहिचान गरी कार्यक्रमहरु सञ्चालन गर्नेछन्।

दुवै मुलुकमा नयाँ अवसरहरुको उजागर गर्ने साना तथा मध्यम व्यवसायको विकास र विस्तार गर्नका लागि व्यवसायिक सञ्जाल विस्तार गर्ने प्रावधान पनि समझदारीमा रहेको छ । समझदारी हस्ताक्षर कार्यक्रममा नेपाल व्यवस्थापन संघको अन्तर्राष्ट्रिय सम्बन्ध तथा साझेदारी उपसमितिका संयोजक डा. विनोद आत्रेय र पीएचडी चेम्बर अफ कमर्श एण्ड इण्डष्ट्रि, भारतका महासचिव सौरभ सन्यालको उपस्थिति रहेको थियो । समझदारी पत्रमा साक्षिकोरुपमा उनीहरुले हस्ताक्षर गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.