एभरेष्ट इन्स्योरेन्सको नाफा ४ करोड, ६२ प्रतिशतले नाफा बढ्यो

  २०७४ साउन ३२ गते ८:५५     विकासन्युज

काठमाडौं । एभरेष्ट इन्स्योरेन्सेले ४ करोड ५५ लाख रुपैयाँ नाफा कमाएको छ । यो बीमा कम्पनीले गत आवमा कमाएको यस्तो नाफा अघिल्लो आवको तुलनामा भने १ करोड ७४ लाख रुपैयाँले बढी हो ।

यो कम्पनीले गत आवमा ६२ प्रतिशतले नाफा बढाउन सफल भएको छ ।

यो बीमा कम्पनीको चुक्ता पुँजी १२ करोड १५ लाख रुपैयाँ छ । यसको जगेका कोषमा ११ करोड ४८ लाख रुपैयाँ छ भने बीमा कोषमा १५ करोड २३ लाख रुपैयाँ छ । यसले गत आवसम्मको बीमा शुल्क २६ करोड ३३ लाख रुपैयाँ संकलन गरेको छ ।

यसले १८ हजार ५५८ वटा विमालेख जारी गरेको छ । नबीरकण भएका विमालेखको संख्या २३६ मात्रै छ । यसको प्रतिसेयर आम्दानी ३७ रुपैयाँ ५२ पैसा रहेको छ भने प्रति सेयर नेटवर्थ ३८१ रुपैयाँ ५३ पैसा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.