शिखर इन्स्योरेन्सको अध्यक्षमा श्रेष्ठ नियुक्त, सञ्चालकमा सौरभ जेबी राणा

  २०७४ साउन २२ गते १४:११     विकासन्युज

काठमाडौं । शिखर इन्स्योरेन्सकोे अध्यक्षमा राजेन्द्रप्रसाद श्रेष्ठ नियुक्त भएका छन् । साउन २० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई सो पदमा नियुक्त गराएको हो ।

श्रेष्ठ कार्पेट उद्योगको एक व्यापारी हुन् । साथै, उनी ट्राभल ट्रेड बिजनेसमा पनि आवद्ध रहेका छन् ।

त्यस्तै, सोही बैठकले कम्पनीको सञ्चालकमा सौरभ जेबी राणालाई नियुक्त गराएको छ । राणाले कम्पनीको आगामी साधारणसभासम्म सञ्चालको कार्यभार सम्हाल्ने छन् ।

यस अघि कम्पनीको अध्यक्ष पदमा विकास जेबी राणा थिए । सोही दिन बसेको कम्पनीको बैठकले अध्यक्ष राणाको राजिनामा स्वीकृत गरेको छ । विकास राणाले विगत १४ वर्षदखि यस कम्पनीको सफल नेतृत्व गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.