कामना सेवा विकास बैंकले शुक्रबारदेखि एकिकृत कारोबार गर्दै

  २०७४ साउन १७ गते ११:०६     विकासन्युज

काठमाडौं । पुँजी बढाउन दुई विकास बैंक एकआपसमा गाभिएर (मर्जर) शुक्रबारदेखि एकिकृत बैंकिङ कारोबार गर्ने भएका छन् । कामना विकास बैंकमा सेवा विकास बैंक गाभिएर कामना सेवा विकास बैंकको नाममा एकिकृत कारोबार हुन भएको हो ।

राष्ट्रियस्तरको विकास बैंक बन्नका लागि साढे २ अर्ब रुपैयाँ पुँजी आवश्यक भएपछि दुई संस्था गाभिएर एकिकृत कारोबार गर्न लागेका हुन् । कारोबारका लागि नियमक नेपाल राष्ट्र बैंकले स्वीकृत दिइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.