टेलिकमको ३ जलविद्युत आयोजनामा लगानी

  २०७४ साउन १६ गते १६:५२     विकासन्युज

काठमाडौं । दुरसञ्चार सेवा प्रदायक नेपाल टेलिकमले ३ वटा जलविद्युत कम्पनीमा लगानी गरेको छ । सरकार स्वामित्वको टेलिकमले आफनो लगानीलाई विविधिकरण गरी निर्माणधिन ४५६ मेगावाटको माथिल्लो तामाकोसी, ३७ मेगावाटको माथिल्लो त्रिशुली ३ बी जलविद्युत आयोजनामा लगानी गरेको हो । यस्तै टेलिकमले नेपाल विद्युत विकास कम्पनीमा पनि लगानी गरेको छ । विद्युत् विकासमा १० प्रतिशत लगानी गरेको छ ।

माथिल्लो तामाकोसीमा ६ प्रतिशत अर्थात ६ अर्ब रुपैयाँ ऋण लगानी गरेको टेलिकमकी प्रवन्ध निर्देशक कामिनी राजभण्डारीले बताईन् । निर्माणको तयारीमा रहेको त्रिशुली ३ बीमा ३० प्रतिशत लगानी गरेको छ । यस्तै जलविद्युत विकास कम्पनीमा १० प्रतिशत लगानी गरेको उनले जानकारी दिइन् । माथिल्लो तामाकोसीको ९० प्रतिशत काम सकिएको छ । अब १० प्रतिशत मात्र काम बाँकी छ । आउदो ०७५ को असारसम्म पाँच मध्ये एउटा युनिटबाट बिजुली उत्पादन गर्ने तयारी भइरहेको छ । बाँकी ४ वटा युनिट सोही वर्षको मंसिरसम्म सञ्चालनमा ल्याउने प्रवद्र्धक अपर हाइड्रोपावर लिमिटेडको तयारी छ ।

यस्तै त्रिशुली ३ बी आयोजनाको सिभिल ठेकेदार छनौट अन्तिम चरणमा पुगेको छ । आउदो कात्तिकदेखि आयोजनाको सिभिल निर्माण सुरु हुने त्रिशुली जलविद्युत कम्पनी लिमिटेडले जनाएको छ । माथिल्लो तामाकोसी सञ्चालनमा आएपछि वर्षादमा हुने विद्युतभार कटौतीका साथै भारतबाट बिजुली आयात बन्द हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.