काठमाडौं महानगरले घर बहाल करबाट २ अर्ब रुपैंयाँ उठाउने, ५ गुणाले बढ्यो आम्दानी

  २०७४ साउन २ गते १२:२७     विकासन्युज

काठमाडौं । काठमाडौं महागनरपालिकाले चालु आर्थिक बर्षमा घर बहाल करबाट २ अर्ब रुपैंयाँ राजश्व उठाउने भएको छ । नयाँ संबिधान अनुसार घर बहाल कर स्थानीय तहको क्षेत्राधिकारभित्र परेपछि महानगरपालिकाले १२ प्रतिशतका दरले घर बहाल कर असुल्न पाउने भएको हो । यस अघि आन्तरिक राजश्व विभागले १० प्रतिशत र महानगरपालिकाले २ प्रतिशत घर बहाल कर असुल्दै आएका थिए ।

गत आवमा काठमाडौं महानगरपालिकाले १५ करोड घर बहाल कर उठाएको थियो । जुन कुल क्षमताको २६ प्रतिशत रहेको महानगरपालिकाको राजश्व महाशाखा प्रमुख महेश काफ्लेले बताए । महानगरपालिकाले घर बहाल कर असुलीलाई व्यवस्थित गर्न भर्खरै मात्र कोटेश्वर क्षेत्रमा पर्ने वडा नम्बर ३२ का १६ हजार घरको सर्वेक्षण गरेको थियो । सोमध्ये ७ हजार ५ सय घरहरु बहालमा नलगाइएको प्रतिवेदन तयार भएको जनाएएको छ ।

महानगरपालिकाले आफ्ना ९ वडा मात्रै व्यवसायीक रहेको र घर बहालमा धेरै लगाइएको बताउँदै आएको छ । सोह्रखुट्टे, बानेश्वर, नक्साल लगायतका क्षेत्रमा थोरै मात्रै घरहरु बहालमा रहेको जनाएको छ ।  राजश्व महाशाखा प्रमुख काफ्लेका अनुसार महानगरका १ लाख ६० हजार घर बहालमा हुन सक्छन । महानगरमा २ लाख ६० हजार घरधुरी रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.