नेप्सेको हाकिम बन्न आधा दर्जनको प्रतिष्पर्धा, कस्ले पाउँछ १८ खर्बको नेतृत्व ?

  २०७४ असार २० गते १४:५९     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)का महाप्रबन्धक सिताराम थपलियाको कार्यकाल असार २२ गते सकिँदैछ । १८ खर्ब भन्दा बढि सेयर क्यापिटलाइजेशन भएको नेपाली पुँजी बजारको फ्रन्टलाइन रेगुलेटशन गर्ने निकायका रुपमा रहेको नेप्सेको नेतृत्वका लागि करिब एक दर्जन व्यक्तिहरु प्रतिष्पर्धामा छन् । त्यसो त थपलिया आफैं पनि कार्यकाल दोहोर्याउने अभियानमा छन् ।

श्रोतका अनुसार थपलिया बाहेक नेप्सेको जीएम बन्न नेपाल राष्ट्र बैंकका पुर्व कार्यकारी निर्देशक शिवनाथ पाण्डे पनि लागिपरेका छन् । त्यस बाहेक, एनआइबीएल क्यापिटका विनोद प्याकुरेल, ज्योति विकास बैंकका डेप्युटी सिईओ मनोज ज्ञवाली, चाटर्ड एकाउण्टेण्ट प्रकाश लम्साल र भोला पाण्डे लगायतले लबिङ तिब्र पारेका छन् ।

नेपाल धितोपत्र बोर्ड र नेप्सेका बिचमा यतिबेला सम्बन्ध बिग्रिएको छ  तर त्यस्तो सम्बन्ध संस्थागत नभएर व्यक्तिगत मात्रै हो । बोर्डका अध्यक्ष डा. रेवत बहादुर कार्की र नेप्सेका महाप्रबन्धक सिताराम थपलियाको व्यक्तिगत इगोका कारण दुई नियामक बिच सम्बन्ध बिग्रिएको हो । यी दुबैलाई नेपाली काँग्रेसको सिफारिसमा नियुक्त गरिएको थियो ।

यतिबेला पनि काँग्रेसकै नेतृत्वमा सरकार रहेकाले थपलियाले दोश्रो कार्यकाल थप्ने अपेक्षा गरेका छन् । तर बोर्डका अध्यक्ष कार्की र अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीको नजिकको सम्बन्धका कारण थपलियाको योजना सफल हुनेमा आंशका उब्जिएको छ । श्रोतका अनुसार बोर्डका अध्यक्ष कार्कीलाई रिजाउन सक्ने व्यक्ति मात्रै यतिबेला नेप्सेको महाप्रबन्धक बन्न सक्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.