साउन १ गतेदेखि सेयर कारोबारमा भ्याट

  २०७४ असार १९ गते १६:१५     विकासन्युज

काठमाडौं । आन्तरिक राजस्व विभागले नयाँ आर्थिक वर्षदेखि सबै सेयर ब्रोकरले पाउने कमिशनमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने प्रस्ताव गरेको छ । विभागले ब्रोकर एसोसिएशनका पदाधिकारीहरूसँगको छलफलमा भ्याटको दायरामा आउन आग्रह गरिएको विभागका उपमहानिर्देशक चन्द्रकला पौडेलले जानकारी दिए ।

‘उहाँहरू भ्याटमा त अहिले देखि आउन सक्नु हुन्छ, विभाग यसको लागि स्वागत आव्हान पनि गर्छ,’ उनले भने ‘तर, व्यवहारिक कठिनाइलाई सहजीकरण गर्दै आगामी आवबाट आएनलाई पनि विभागले छुट दिएको छ ।’ अब ब्रोकरहरू लिने कमिशनमा १३ प्रतिशत भ्याट पनि जोडेर लिने भएका छन् । ब्रोकरहरुले ब्रोकर कमिशनमा लाग्ने भ्याट लगानीकर्ताहरुले नै तिर्नपर्ने तर्क राख्दै आएका छन् र आन्तरिक राजस्व विभागले दुईवटा ब्रोकर कम्पनीलाई भ्याट तिर्न पत्र काटेपछि गत बिहीबार सेयर बजारको कारोबार नै बन्द गरेको थिए । उनीहरूले कानुनको परिपालन गर्नु पर्छ, ’ उनले भने ।

‘सफ्ट वेयर अपडेट गुर्नपर्नेदेखि खरिद तथा विक्री बिलको व्यवस्थापन गर्नु पर्ने भएको वाँकी आठ/दश दिनको समयमा राखिएको हो, उहाँहरू भ्याटमा दर्ता त हुनै पर्छ । विभाग पनि अहिले सोही प्रक्रियाको लागि आन्तरिक तयारीमा जुटेको छ भने ब्रोकरहरू पनि यसमा सहमति हुनुभएको छ,’ पौडेलले भने । यसको नियामक निकाय अर्कै भएकोले नेपाल धितोपत्र बोर्ड र अर्थ मन्त्रालयसाग पनि छलफल भइरहेको उनले बताए ।

सरकारको अहिलेसम्म ब्रोकरले कमिनश वापतको प्राप्त गर्ने रकममा भ्याटलागएको थिएन, आयकरमात्र तिरे पुग्ने थियो । अब भने सो करका साथै भ्याट पनि थपिने भएको छ । पुरानो करका लागि पनि कुन मोडालिटीमा जाने पनि छलफल हुँदै गरेको पौडेलले बताइन् । ‘अगाडिको मुद्दालाई पनि समायोजन गर्दै जानुपर्छ उनले भनिन् । ब्रोकरहरुले शुक्रबार साँझ अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई भेटेर आफूहरु मर्कामा परेको भन्दै समस्या समाधानका गर्नका लागि आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.