उपत्यका छिर्ने चार नाकामा गाडी धुने आधुनिक मेसिन जोडिँदै, लामो दुरीका बसले रिङरोड घुम्न नपाउने

  २०७४ असार १८ गते १७:२४     नारायण पौडेल

काठमाठौं । काठमाडौं उपत्यका प्रवेश गर्ने चार वटा नाकामा गाडी धुने(कार वासिङ) मेसिन जडान गरिने भएको छ । उपत्यका प्रवेश गर्ने सवारी साधनले उपत्यकामा धुलो भित्र्याएको भन्दै काठमाडौं महानगरपालिकाको सहयोगमा ट्राफिक प्रहरीले चारै नाकामा कार वासिङ मेसिन जडान गर्न लागेको हो ।

महानगरिय ट्राफिक प्रहरी महाशाखा प्रमुख मिङमार लामाका अनुसार नागढुंगा, पासाङ ल्याह्मु सडकको मुड्खु भञ्ज्याङ, फर्पिङ र अरनिको राजमार्गको जगातिमा कार वासिङ मेसिन राख्न लागिएको हो । महाशाखाले राजधानीमा पत्रकार सम्मेलन गरेर नयाँ योजना सार्वजनिक गर्दै त्यस्तो बताएको हो । त्यसरी राखिने मेसिनले एकै पटकमा १० देखि १५ वटा सम्म सवारी साधन धुन सक्नेछ । सवारी साधन धोए वापत केहि शुल्क तिर्नुपर्नेछ ।

त्यस्तै, वातावरण विभागसँगको सहकार्यमा उपत्यका छिर्ने चार वटै नाकामा २/२ वटा प्रदुषण परिक्षण यन्त्र पनि जडान हुँदैछ । त्यस बाहेक उपत्यकाका बिभिन्न क्षेत्रमा थप १६ वटा प्रदुषण परिक्षण यन्त्र जडान गरिने पनि लामाले जानकारी दिए ।

उपत्यकाको सवारी आवागमनलाई व्यवस्थित गर्न ट्राफिक प्रहरीले लामो रुटका ठुला बसहरुलाई रिङ रोड घुम्न पनि रोक लगाउने तयारी थालेको छ । लामो दुरीका सवारी साधनले रिङरोड घुमेर यात्रु चढाउने तथा उतार्ने गरेकाले ट्राफिक व्यवस्थापनमा असहजता आएको भन्दै रिङरोड घुम्न रोक लगाउन लागिएको हो । लामो दुरीका सवारी साधनहरु अब बसपार्कबाट छुट्ने र बस पार्कसम्म मात्रै आउन पाउनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.