हकप्रद र लिलामीका सेयरको बाढी, बजारमा उच्च गिरावटको संकेत

  २०७४ असार १८ गते १०:३३     विकासन्युज

काठमाडौं । सेयर आपूर्ति ज्यादा हुँदा सेयर बजारमा निरन्तर गिरावट आएको छ । यो साता सेयर बजारमा उच्च गिरावट हुने संकेत देखिएको छ ।

असार महिना भित्र बिक्री गर्ने गरी ६८ लाख कित्ता सेयर लिलामीमा आएको छन् । त्यस्तै, हकप्रद सेयर निष्काशन गर्ने अधिकांश कम्पनीको सेयर आवेदन बुझाउने अन्तिम म्याद असार मसान्त अघि राखिएको छ ।

नेपाल धितोपत्र बोर्डले चालु आर्थिक वर्ष २०७३/७४ मा ५१ अर्ब ५५ करोड रुपैयाँ बराबरको सेयर निष्काशन गर्न अनुमति दिएको छ । बोर्डले यस बर्षमा ७१ वटा कम्पनीहरुलाई ४२ अर्व ३० करोड ७१ लाख रुपैयाँभन्दा बढी रकम बराबरको हकप्रद निष्काशन गर्न अनुमति दिएको छ ।
त्यस्तै, १९ वटा कम्पनीहरुलाई ९ अर्व २४ करोड ७६ लाख रुपैयाँभन्दा बढी रकमको आईपीओ तथा एफपीओको सार्वजनिक निष्काशन गर्न अनुमति प्रदान गरिसकेको बोर्डले जनाएको छ ।

बैशाख अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको चुक्ता पूँजी ४४.३ प्रतिशतले वृद्धि भई २७५ अर्ब ६६ करोड पुगेको छ । आर्थिक वर्ष २०७३/७४ को दश महिनासम्ममा रु. ३ अर्ब २३ करोड बराबरको साधारण शेयर, रु. १६ अर्ब ६४ करोड बराबरको हकप्रद शेयर, रु. २७ अर्ब १२ करोड बराबरको बोनस शेयर, रु. ६२ अर्ब बराबरको सरकारी ऋणपत्र र रु. १ अर्ब २५ करोड बराबरको म्युच्युअल फण्ड गरी कुल रु. ११० अर्ब २४ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन् ।

असार पन्ध्रसम्ममा धितोपत्र बोर्डबाट ४२ अर्ब ३० करोड ७१ लाख रुपैयाँभन्दा बढी रकम बराबरको हकप्रद निष्काशन गर्न अनुमति लिएकोमा बैशाख अन्त्यसम्ममा १६ अर्ब ६४ करोडको मात्र हकप्रद सेयर निष्काशन भएको छ । बजारमा अझै २६ अर्ब रुपैयाँ भन्दा बढीको हकप्रद सेयर थपिने देखिएको छ ।

एकातिर हकप्रद सेयर र लिलामीको सेयर बाढी आएको छ भने अर्कोतिर ऋण लिएर सेयर लगानी गर्नेहरुलाई बैंकको व्याज र किस्ता तिर्न दवाव यस अवधिमा पर्ने देखिन्छ । सेयर ऋण लिनेलाई बैंकको व्याज १४ देखि १७ प्रतिशत पुगेको छ । व्याज बढ्दा ऋण लिएर सेयरमा लगानी गर्नेहरुलाई ऋण निकै बोझिलो भएको छ ।

गत साता पनि सेयर मूल्य र कारोबारमा गिरावट देखिएको छ । गत साता एक अर्ब ८५ करोड ५४ लाख ५७ हजार रुपैयाँ बराबरका ३४ लाख १४ हजार ५० कित्ता सेयरहरु खरिद बिक्री भएका छन् । कारोबार रकम अघिल्लो साताको भन्दा ३७.३६ प्रतिशत कम हो ।

६३ लाख कित्ता सेयर लिलामीमा

काठमाडौं । दुई सातामा ६५ लाख कित्ता सेयर लिलामीमा आएको छ । सात वटा बैंकहरुले संस्थापन र सर्वसाधारण समूहको गरी करिव ६५ करोड मूल्य अंकितको सेयर बढाबढ मूल्यमा बिक्री खुला गरेका छन् ।

सबैभन्दा बढी ज्योति विकास बैैंकले ३३ लाख ७७ हजार ५ सय ८ कित्ता सेयर लिलामीमा राखेको छ । यो बैंकले संस्थापकतर्फको २८ लाख १२ हजार ३३६ कित्ता र साधारणतर्फको ५ लाख ६५ हजार १७१ कित्ता सेयरको लिलामी गर्दै छ । ज्योति विकास बैंकका संस्थापकले सेयर नकिने पछि यो बैंकलाई राष्ट्र बैंकले निगारानीमा राखेको स्रोतले बतायो ।

यो बैंकले यही असार २१ देखि २८ भित्र गोप्य शिलवन्दी पेश गर्न पनि आग्रह गरेको छ । यसको विक्री प्रवन्धक सिद्धार्थ क्यापिटल लिमिटेड हो ।
यस्तै नेपाल बैंङ्गलादेश बैंकले पनि ९ लाख ८८ हजार १२० कित्ता सेयरको लिलामी गर्ने भएको छ । यसले संस्थापक तर्फको १९ हजार ५११ कित्ता र सर्वसाधारण तर्फको ९ लाख ८८ हजार १२० कित्ता सेयरको लिलामी गर्दै छ । यो बैैंकको सेयरका लागि २१ गतेभित्र बोलपत्र पेश गर्नुपर्नेछ । यो बैंकको विक्री प्रवन्धक ग्लोवल आईएमई क्यापिटल हो ।

सिटिजन्स बैंक इन्टरनेशनलले ६ लाख १९ हजार ८०३ कित्ता सेयर बढाबढ मूल्यमा लिलामीमा राखेको छ । बैंकले १ लाख ९९ हजार ३१३ कित्ता संस्थापक सेयर र ४ लाख २० हजार ४९० कित्ता सर्वसाधारण सेयर लिलामीमा राखेको हो ।

उक्त सेयरको लागि असार १५ गतेदेखि असार २२ गतेसम्ममा निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल मार्केट्समा आवेदन गर्नुपर्ने कम्पनीले जनाएको छ ।

त्यस्तै, लक्ष्मी बैैंक लिमिटेडको सर्वसाधारण तर्फको ३ लाख ९४ हजार ९३९ कित्ता सेयर लालामीमा छ । उक्त सेयरका लागि बैैंकले यही असार १६ देखि २३ गतेसम्म शिलवन्दी आवदेन खुला गरेको छ । यसको विक्री प्रवन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड हो ।

त्यस्तै, सानिमा बैंकको सर्वसाधारण तर्फको २ लाख ११ हजार ४७ कित्ता सेयर लिलामीमा राखेको छ । यो सेयर लागि यही असार १५ गते देखि २२ गते भित्र शिलबन्दी बोलपत्र पेश गर्नु पर्नेछ । यसको बिक्री प्रवन्धक सीबीआईएल क्यापिटल लिमिटेड हो ।

त्यस्तै, सिदार्थ डेभलपमेन्ट बैंकले पनि ८ लाख ५७ हजार कित्ता सेयरको लिलामी गर्ने भएको छ । यो बैंकले संस्थापक समूहको ४ लाख ५ हजार ८८८ कित्ता र सर्वसाधारण तर्फको ४ लाख ५१ हजार ५४८ कित्ताको सेयरको लिलामी गर्ने भएको छ ।

यो बैैंकको सेयरको लागि पनि असार २१ गतेभित्र शिलवन्दी बोलपत्र पेश गर्नुपर्नेछ । यसको विक्री प्रवन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड हो ।

त्यस्तै, गरिमा विकास बैंकको ३ लाख कित्ता र तिनाउ विकास बैंकले ३१ हजार ४९७ कित्ता सेयर लिलामीमा राखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.