धितोपत्र बोर्डलाई अवज्ञा गर्दै बैंक तथा वित्तिय संस्था, हकप्रद सेयर धमाधम खारेज गरिँदै

  २०७४ असार १५ गते १०:१३     विकासन्युज

काठमाडौं । पुँजी बजारको सर्वाेच्च नियामक निकाय नेपाल धितोपत्र बोर्डलाई बैंक तथा वित्तिय संस्थाहरुले अवज्ञा गर्न थालेका छन् । बोर्डले दिएका निर्देशन विपरिद गतिबिधी अघि बढाएर बैंक तथा वित्तिय संस्थाहरुले बोर्डलाई अटेर गर्न थालेका हुन् । बैंक तथा वित्तिय संस्थाहरुले बोर्डलाई अवज्ञा गरेको एउटा गतिलो प्रमाण हो– हकप्रद सेयर रद्ध प्रकरण ।

बोर्डले एउटा साधारण सभा मार्फत हकप्रद सेयर जारी गर्ने निर्णय गरेर अर्काे साधारण सभाबाट त्यसलाई खारेज गर्न नमिल्ने निर्देशन दिएको छ । तर बोर्डको यस्तो निर्देशनको बर्खिलाप हुने गरि बैंक तथा वित्तिय संस्थाले हकप्रद सेयर निष्काशन गर्ने अघिल्लो साधारण सभाको निर्णय धमाधम उल्टाउने प्रक्रिया अघि बढाएका छन् । बोर्डले हकप्रद सेयर जारी गर्ने साधारण सभाको निर्णय उल्टाउन नपाउने व्यवस्था जेठ १२ गते देखि लागु गरेको हो ।

त्यसको ज्वलन्त उदाहरण हो, राप्तीभेरी विकास बैंक र साहारा विकास बैंक । राप्तीभेरी विकास बैंकले असार १७ गते नेपालगञ्जमा बिशेष साधारण सभा गरेर हकप्रद सेयर निष्काशन गर्ने २०७३ भदौ १७ गतेको निर्णय उल्टाउने बिशेष प्रस्ताव पेश गर्दैछ । राप्तीभेरीले एक बराबर २ कित्ताको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको थियो ।

त्यस्तै, साहारा विकास बैंकले पनि हकप्रद सेयर निष्काशन गर्ने अघिल्लो साधारण सभाको निर्णय उल्टाउन असार ३१ गते बिशेष साधारण सभा बोलाएको छ ।
साहारा विकास बैंकको २०७३ पुस २९ गते सम्पन्न छैठौं साधारण सभाले एक बराबर २.५० कित्ताको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको थियो ।

धितोपत्र बोर्डले सेयर बजारका लगानी कर्तालाई अन्याय हुने भन्दै हकप्रद सेयर निष्काशन गर्ने साधारण सभाको निर्णय कार्यान्वयन गर्नै पर्ने भनेको छ । तर नेपाल राष्ट्र बैंकले भने हकप्रद सेयर निष्काशन गर्ने निर्णय रद्ध गर्ने सम्बन्धी बैंक तथा वित्तिय संस्थाहरुको निर्णयलाई धमाधम स्विकृति प्रदान गरिरहेको छ ।

नेपाल धितोपत्र बोर्डका सहायक प्रवक्ता निरञ्जय घिमिरेले हकप्रद सेयर निष्काशन गर्ने साधारण सभाको निर्णय उल्टाउन नपाउने सम्बन्धी बोर्डको निर्देशन कार्यान्वयनका लागि नीतिगत तहमा छलफल भैरहेको र केहि दिनभित्रै बिशेष व्यवस्था गरिने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.