सम्माननीय गोपाल पराजुलीज्यू, हजुरको जन्म भएको कहिले हो ?

  २०७४ जेठ ३० गते १५:०८     विकासन्युज

काठमाडौं । सुशीला कार्कीले अवकाश पाएसँगै सर्वाेच्च अदालतको कायम मुकायम प्रधानन्यायधिशको जिम्मेवारी बरिष्ठ न्यायधिस गोपाल पराजुलीले सम्हालिरहेका छन् । त्यसो त कार्की माथी महाअभियोग दर्ता भएकै मध्यरातमा पनि पराजुलीले कायम मुकायम प्रधानन्यायधिशको जिम्मेवारी सम्हालेका थिए ।

पराजुलीको फरक फरक उमेर लेखिएका २ वटा नागरिकताका

अब करिब ११ महिनासम्म पराजुलीले सर्वाेच्च अदालतको नेतृत्व निर्विकल्प रुपले सम्हाल्ने छन् । तर न्यायलयको नेतृत्वमा बसेर जनतालाई न्याय दिने उनै कायम मुकायम प्रधानन्यायधिश पराजुलीले आफैंलाई भने अन्याय गरिरहेका छन् । अर्थात पराजुलीले आफ्नै जन्म मितिबारे फरक फरक कागजात बुझाएका छन् । उनले बिभिन्न समयमा बनाएको नागरिकता र सेवा प्रवेशका प्रमाणपत्रहरुमा उनको जन्म मिति फरक फरक फेला परेको छ । पराजुरीको जन्म सम्बन्धी तीन वटा मिति भेटिन्छन् । यसरी जनतालाई न्याय दिने पराजुलीले आफ्नै जन्म माथी पनि अन्याय गरेको देखिन्छ ।

उनले २०३० साउन २१ गते जारी गरिएको नागरिकतामा उनको उमेर २१ बर्ष लेखिएको छ । जन्म मिति नखुलाएर उमेर मात्रै लेखिएको सो नागरिकताका आधारमा पराजुलीको जन्म २००९ सालमा भएको देखिन्छ । तर पराजुलीले २०६७ साल मंसिर ९ गते नागरिकताको अर्काे प्रतिलिपी बनाएका छन् । सो प्रतिलिपीमा उनको जन्म २०१० बैशाख १६ गते भएको उल्लेख छ ।

त्यसो त पराजुलीले सर्वाेच्च अदालतमा बुझाएको कागजातमा पनि उनको जन्म २००९ साल साउन २१ गते लेखिएको थियो । सम्माननिय कायम मुकायम प्रधान न्यायधिशज्यु, तपाईको जन्म २०१० साल बैशाख १६ गते हो कि २००९ साल साउन २१ गते हो ? आफ्नै उमेरमाथी न्याय गर्न नसक्ने तपाइँले आम नागरिकलाई कसरी न्याय दिन सक्नु हुन्छ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.