भदौंको उत्पादन मिति राखेर जेठमै बजारमा समान, नेपाल डेरीलाई कारवाही

  २०७४ जेठ २३ गते ९:४६     विकासन्युज

काठमाडौं । नेपाल डेरीले भदौको उत्पादन मिति राखेर जेठमै समान बजारमा पठाएको फेला परेको छ । खाद्य प्रबिधी तथा गुण नियन्त्रण विभागको बजार अनुगमन टोलीले सोमबार २०७४/५/१० र २०७४/०५/७ लेखिएका ४० मिलिटिरका २० थान प्रति कार्टुनका दरले जम्मा ५१ कार्टुन मिल्क फेला परेको हो ।

 

खाद्य प्रबिधी तथा गुण नियन्त्रण विभागका प्रवक्ता पुर्णचन्द्र वस्तीले भदौंको म्याद राखेर बजारमा पठाउन लागिएका मिल्क जफत गरि नष्ट गरेको जानकारी दिए । त्यस्तै भदौंको उत्पादन मिति राखेर बजारमा पठाइएका सबै मिल्क फिर्ता ल्याएर नष्ट गर्न पनि विभागले निर्देशन दिएको उनले बताए ।

नेपाल डेरी विरुद्ध खाद्य ऐन अन्तर्गत लेबलिङमा खेलाँची गरेको आरोपमा मुद्धा चलाइने पनि उनले स्पष्ट पारे । विभागले आवश्यक कागजात सहित उद्योगका संचालकलाई तीन दिन भित्र विभागमा उपस्थित हुन निर्देशन दिएर छाडेको छ ।

निजी डेरी उद्योगमध्ये नेपाल डेरीका उत्पादनहरु उपभोक्ताको सर्वाधिक रोजाईमा पर्दै आएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.