चार देशद्वारा कतारसँग सबै कूटनीतिक सम्बन्ध विच्छेद, नेपालीलार्इ कस्ताे असर पर्ला ?

  २०७४ जेठ २२ गते १५:११     विकासन्युज

काठमाडाैं ।  साउदी अरेबिया, बहरेन, संयुक्त अरब इमिरेट्स र इजिप्टले कतारसँगका आफ्ना सबै कूटनीतिक सम्बन्धहरु अन्त्य भएको घोषणा गरेका छन्। कतारले इस्लामिक स्टेट लगायतका आतंकवादी समूहलाई सहयोग गरेको आरोप लगाउदै चार देशले एक साथ सम्बन्धहरू विच्छेदकाे घाेषणा गरेका हुन् ।

साउदी सरकारी समाचार संस्था एसपीएले रियादले कतारसँगका आफ्ना सबै सीमा, सामुद्रिक र हवाई सम्पर्क विच्छेद गरिएको जनाएको छ। सो संस्थाले अधिकारीहरुलाई उद्धृत गर्दै “राष्ट्रिय सुरक्षालाई अतिवाद र आतंकवादबाट बचाउन” पछिल्लो कदम चालिएको जनाएको छ।

कतारको आधिकारिक समाचार संस्थाको कम्प्युटरमा अनधिकृतरुपमा ‘ह्याकिङ्’ गरिएपछि खाडी क्षेत्रमा बढेको तनावमाझ पछिल्ला घोषणा भएका हुन्।

कामकाे सिलसिलामा कतारमा चार लाख भन्दा बढी नेपाली रहेकाे अनुमान गरिएकाे छ । कतारमा जारी अार्थिक मन्दीले नेपाली कामदारहरूलार्इ मार परिरहेकाे बेलामा उक्त देशकाे अन्तराष्टिय सम्बन्ध पनि विग्रन थालेकाे छ । यसले नेपालीहरूलार्इ थप चिन्तित बनाएकाे छ ।

कतारकाे खस्कदाे अार्थिक अवस्था र विग्रदाे कुटनीतिक सम्बन्धका कारण कतारबाट अाउने रेमिट्यान्समा पनि नकारात्मक असर पर्ने सरकारी अधिकारीहरू बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.