टाटाको शानदार एक्स्चेन्ज अफर सफलतापूर्वक सम्पन्न

  २०७४ जेठ १८ गते ९:४५     विकासन्युज

काठमाडौं । नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी टेडिङ्ग प्रा.लि.ले यही जेष्ठ ४ देखि जेष्ठ ११ गतेसम्म आयोजना गरेको शानदार एक्स्चेन्ज अफर सफल भएको जनाएको छ ।

आफ्ना ग्राहकहरुलाई सही एक्सचेन्ज मूल्य प्रदान गरि उत्कृष्ट सुविधा दिने उद्देश्यले उक्त एक्स्चेन्ज अफर नेपालका मुख्य शहरहरु जस्तै वीरगंजमा जेष्ठ ४, जावालाखेल र बुटवलमा जेष्ठ ५, थापाथलीमा जेष्ठ ६, नक्साल र नेपालगंजमा जेष्ठ ७ र नारायणघाटमा जेष्ठ ८ गते सम्पन्न गरिएको कम्पनीले जनाएको छ ।

उक्त एक्स्चेन्ज अफर अन्तर्गत जुनसुकै ब्राण्डका कारहरुको उचित मूल्य प्राप्त गरि ग्राहकहरुले आफ्नो पुरानो गाडी नयाँ टाटा जेस्ट, बोल्ट, टियागो, स्ट्रोम वा सुमो सँग एक्स्चेन्स गर्न मिल्ने व्यवस्था गरिएको थियो । सोही अवसरमा ग्राहकहरुलाई पुरानो गाडीको उचित मूल्याङ्कनसहित २५ प्रतिशत डाउन पेमेन्ट, १०.९९ देखि १४ प्रतिशतसम्मको ब्याजदर, अन द स्पट फाइनान्स सुविधा, शून्य प्रतिशत सर्भिस चार्ज र एक्स्चेन्सको लागि छिटो छरितो र झन्झटरहित प्रकृयाजस्ता विशेष सुविधाहरु प्रदान गरिएको कम्पनीले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.