सिद्धार्थ बैंकको नयाँ शाखा सुर्खेतमा सञ्चालन

  २०७४ जेठ १७ गते १३:३७     विकासन्युज

काठमाडौं । सिद्धार्थ बैंकले बुधबार एक समारोहकाबीच सुर्खेतमा रहेको नयाँ शाखा कार्यालयको औपचारिक उद्घाटन गरेको छ । सो शाखाको उद्घाटन बैंकका संचालक हेमन्त ज्ञवालीले गरेका थिए । बैंकले सो शाखा कार्यालय मार्फत सम्पुर्ण बैंकिङ सेवाका साथमा एटीएम सेवा पनि उपलब्ध हुने जानकारी गराएको छ ।

बैंकले हालै चितवनको टाँडी, नवलपरासीको कावासोती र पाल्पाको तानसेनमा रहेका आफ्नो शाखा कार्यालयहरुको पनि औपचारिक उद्घाटन गरेको थियो । बैंकले हाल देशभर रहेका ७० शाखा, २ एक्स्टेन्सन् काउन्टर, ८८ एटीएम, ७० शाखारहित बैंकिङ्ग सेवा केन्द्र मार्फत बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

चालु आर्थिक वर्ष २०७३/०७४ को चैत्र मसान्तसम्म बैंकले ९५ करोड ७० लाख रुपैयाँ खुद मुनाफा आर्जन गर्न सक्षम रहेको बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । सोहि अवधीमा बैंकको कुल निक्षेप ७५ अर्ब २७ करोड रुपैयाँ र कर्जा लगानी ६६ अर्ब २६ करोड रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.