सरकारी भुक्तानी बैंक खातामा मात्र, राजश्व भुक्तानी इपेमेन्ट मार्फत

  २०७४ जेठ १५ गते १८:३०     विकासन्युज

काठमाडौं । प्रत्येक गाउँ तथा नगरपालिकामा बाणिज्य बैंकको शाखा स्थापना गरिने छ । सबै नागरिकको बैंक खाता अनिवार्य गरिने भएको छ ।

त्यस्तै, राज्यको तर्फबाट हुने सबै भुक्तानी बैंक खातामा मात्र गरिने छ । इपेमेन्टबाट मात्र राजश्व संकलन गरिने छ । कृषि कर्जालाई सहज बनाइने छ ।

त्यस्तै, स्वदेशी तथा विदेशी लगानीमा पूर्वाधार विकास बैंक स्थापना आगामी आर्थिक वर्षभित्र गरिने छ । जीवन तथा निर्जीवन सबै कम्पनीले नेपालमा गर्ने बीमाको हिस्सा बढाइने छ ।

बैदेशिक रोजगारीमा जानेहरुले बैंक खाता अनिवार्य खोल्नुपर्ने भएको छ । साथै विदेशमा कमाएको रकम त्यही खातामा पठाउनु पर्नेछ ।

संसदमा बजेट प्र्रस्तुत गर्दै अर्थमन्त्री कृष्णबहादुर महराले आगामी आर्थिक वर्षदेखि वैदेशिक रोजगारीमा जानुअघि बैंक खाता अनिवार्य खोल्नुपर्ने व्यवस्था गरिएको बताए । उनका अनुसार यो खातामा नै रकम पठाउनु पर्नेछ ।
बैंकिङ क्षेत्रलाई सहयोग पुग्ने केही कार्यक्रम आएपनि बीमा सम्बन्धी नयाँ कार्यक्रम बजेटमा आएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.