सिद्धार्थ बैंकले पनि निःशुल्क आस्वा सेवा दिने, जेठ १ गतेदेखि लागू

  २०७४ वैशाख २९ गते १६:२७     विकासन्युज

काठमाडौं । सिद्धार्थ बैंकले निःशुल्क आस्वा सेवा प्रदान गर्ने भएको छ । धितोपत्रको सार्वजनिक निस्काशनमा आवेदन दिँदा ग्राहकहरुले सिद्धार्थ बैंकमा रहेको आफ्नो चल्ती, बचत तथा कल खाताबाट आश्बा प्रणाली मार्फत सहज, सरल र सुरक्षित तरीकाले लगानी गर्न सक्ने बैंकले जनाएको छ ।

यस निःशुल्क सेवाबाट आस्बा प्रणाली मार्फत शेयरमा लगानी गर्न ग्राहकहरु थप अभिप्रेरित हुने बैंकको विश्वास रहेको छ । २०७४ जेठ १ गतेदेखि बैकले देशभर रहेका आफ्ना ७२ शाखाहरुबाट ग्राहकहरुलाई यो सेवा प्रदान गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.