एनआइसी एशिया बैंकले शुक्रबारदेखि आस्वा सेवा निशुल्क प्रदान गर्ने

  २०७४ वैशाख २९ गते १३:१४     विकासन्युज

काठमाडौं । एनआइसी एशिया बैंकले शुक्रबारदेखि आस्वा सेवा निशुल्क रुपमा प्रदान गर्ने भएको छ । हाल सञ्चालनमा आएका बैंकको सबै शाखाहरुबाट ग्राहकहरुलाई बिना कुनै शुल्क आस्वा सेवा मार्फत सहज रुपमा आइपीओ, एफपीओ तथा म्यूचल फण्डमा आवेदन दिन सकिने बैंकले जनाएको छ ।

साथै, बैंकले संचालनमा ल्याएको आर्कषक व्याजदर भएको कुनै पनि बचत खाता प्रयोग गरि शेयरमा लगानी गर्नुको साथै आफ्नो बचत खातामा नियमानुसार व्याज प्राप्त गर्न सकिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.