भूकम्प गएको दुई वर्षमा पनि बीमितले पाएनन् क्षतिपुर्ति, अझै ४ अर्ब ६६ करोड १४ रुपैयाँ भुक्तानी हुन बाँकी

  २०७४ वैशाख २० गते १४:२१     विकासन्युज

काठमाडौं । भूकम्प गएको दुई वर्ष पुगिसक्दा समेत भूकम्प पीडितले बीमा भुक्तानी पाएका छैनन् । बीमा कम्पनीहरूमा दावी परेको बीमामध्ये अझैसम्म चार अर्ब ६६ करोड १४ रुपैयाँ भुक्तान हुन बाँकी रहेको छ । २०७२ को भूकम्पको क्षतिका कारण १६ अर्ब ८२ करोड ६२ लाख दावी बीमा परेको थियो । जोखिम न्यूनीकरण गर्न तथा आपत्त पर्दा सहयोग मिल्छ भनेर बीमा गरिए पनि अझै सात सय ९५ निर्जीवन बीमाले भुक्तान पाउन सकेका छैनन् ।

भूकम्पले पु¥याएको क्षतिका सो रकम बराबरको दावी बीमा परेपनि दावी बीमा नलाग्ने घटाउँदा निर्जीवन बीमा कम्पनीहरूले १६ अर्ब २२ करोड ३९ लाख तिर्नु पर्ने देखिएको थियो । भूकम्प गएको यो अवधिदेखि गएको चैतअन्तिमसम्म बीमा कम्पनीले भुक्तान गर्नुपर्ने दावी रकममध्ये ११ अर्ब ५६ करोड २५ रुपैयाँ भुक्तान गरेको छन् ।

निर्जीवन बीमा कम्पनीहरूले साना भूकम्प पीडितको दावी बीमा भुक्तान गरिसकेको छन् । ‘भुक्तान हुन बाँकी रहेको भूकम्प दावी बीमा ठूला बिल्डिङ तथा व्यापारिक कम्पेक्सहरूका हुन् समितिका अध्यक्ष चिरञ्जीवी चापागाईले बताए । ठूला भवनहरूको हिसाव किताव मिलान हुन नसकेकाले ठूलो रकम भुक्तान हुन देखिएको हो । धापासीको होराइजनमा कहिले रातो स्टिकर लागेको छ कहिले के हुन्छ सो कारण पनि अल्झिएको हो । समितिका अनुसार सानो दावी बीमाको भुक्तान भइसकेको छ, अन्य बाँकीका पनि भुक्तान हुने क्रममा रहेको । कसैले भने वास्तविकताभन्दा बढी दावी गरेको छ भने कसैले दोहोरो दावी गरेकाले पनि समयमै भुक्तान हुन समस्या देखिएको हो ।

‘एभरेष्ट होटेलको बीमा भुक्तान गर्नको लागि केही समयअघिमात्र सर्वे शुरु भएको छ,’ नेपाल सर्वेयर संघका अध्यक्ष सूर्य जोशीले भने । त्यस्तै होराइजन अपार्टमेन्ट निर्माण गर्दा नै सरकारी स्वीकृती विवादित देखिएको छ भने अधिकांश लगानीकर्ताहरू बाहिर छन् । होराइजका प्रवद्र्धक र फ्ल्याटकर्ताको दोहोरो दाबी परेको जोशी बताए । ‘दोहोरो दावीका कारण अलमल भएको हो,’ उनले भने । कतिपय बीमा कम्पनीले भने सर्वेयरले गरेको सम्पत्ति मूल्यांकनमा चित्त नबुझाएर पुनःमूल्यांकन गर्न लागिरहेका छन् । ‘उनीहरूसँग सम्झौता गर्ने क्रममा रहेको छ,’ उनले भने । सानातिना प्राय सकिसकिएको छ ।

कारण जेस्ुकै भएपनि पनि बीमा समितिको तथ्याङक अनुसार भने करिब दुई वर्षको यस अवधिमा अझै छ सात सय ९५ वटा दावी बीमाले अहिलेसम्म भूकम्पका कारण भएको क्षतिको भुक्तान पाउन सकेका छैनन् । उक्त अवधिमा १७ हजार सात सय ८४ वटा दावी बीमा परेकोमा ११ हजार सात सय ९२ वटाको मात्र दावी भुक्तान भएको छ ।

विभिन्न निर्जीवन बीमामा हालसमम जम्मा पाँच खर्ब ४३ अर्ब ५१ करोड रुपैयाँको बीमाङ भएको छ । बीमा कम्पनीहरूले पुर्नबीमा कम्पनीहरुमा जोखिम सारे पनि भुक्तानी भने ढिला गरिरहेका छन् । कम्पनीहरूले हालसम्म पुर्नबीमा कम्पनीबाट सात अर्ब ३५ करोड २७ रुपैयाँ प्राप्त गरेका छन् ।

सबैभन्दा बढी अग्नि बीमा दावी
भूकम्पका कारण क्षति भएको निर्जीवन बीमामा सबैभन्दा बढी दावी अग्नी बिमा परेको छ । उक्त अवधिमा विभिन्न निर्जीवन कम्पनीमा १५ हजार दुई सय २८ वटा दावी बीमा परेकोमा नौ हजार सात सय १० वटा दावी बीमा पाउने देखिएको छ । सोमध्ये चैतअन्तिमसम्म नौ हजार ७३ वटा दावी बीमाको सात अर्ब ६६ करोडको भुक्तान भएको छ ।

अग्नि बीमा पछि दोस्रो इन्जिनियरीङ बीमामा दुई अर्ब ८० करोडको दावी बीमा परेको छ । उक्त शीर्षकअन्तर्गत एक ५६ वटा इन्जिनियरीङ दावी बीमा परेकोमा एक सय तीन वटाले क्षति बीमा पाउनेमा सो अवधिसम्म जम्मा ४८ वटाको मात्र दावी भुक्तान भएको छ । उक्त भुक्तानका लागि बीमा कम्पनीहरूले जम्मा २५ करोड ४६ लाखमात्र भुक्तान गरेका छन् ।

भूकम्पयता मोटर बीमातर्फ दावी परेका नौ सय ८७ बीमा दावीमध्ये सात सय ५२ दावी बीमाले १७ करोड ६६ लाख रुपैयाँ भुक्तान पाएका छन् । सामून्द्रिक बीमा जम्मा चारवटाको मात्र क्षति दावी बीमा परेको छ । उक्त बीमाको लागि १२ लाख रुपैयाँ दावी बीमा परेको आठ लाख भुक्तान भएको छ ।

निर्जीवन बीमामा विविध शीर्षकमा कुल एक खर्ब ३४ अर्ब ४१ करोड बीमांक गरिएकोमा तीन अर्ब ५२ करोडको दावी बीमा परेको छ । उक्त अवधिसम्ममा एक हजार एक सय २१ वटा दावी बीमा लागि तीन अर्ब ४७ करोड भुक्तान भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.