राष्ट्रिय बीमा कम्पनीले बोलायो वैशाख २२ गते वार्षिक साधारणसभा, के के छन् प्रस्ताव?

  २०७४ वैशाख ३ गते १६:१८     विकासन्युज

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले आगामी वैशाख २२ गते कम्पनीको २९औँ वार्षिक साधारणसभा बोलाएको छ । चैत्र ३१ गते बिहिबार बसेको राष्ट्रिय बीमा संस्थान संचालक समितिको १४६७ औं बैठक र राष्ट्रिय बीमा कम्पनी लिमिटेडको संचालक समितिको १०२ औं बैठकले सोही दिन सभा बोलाउने निर्णय गरेका हुन् ।

उक्त सभामा कम्पनीको (साबिकको राष्ट्रिय बीमा संस्थानबाट निर्जीवन बीमा ब्यवसाय हस्तान्तरण भई आएको) आ.ब.२०६०/६१, २०६१/६२ र २०६२/६३ को लागि संचालक समितिबाट सिफारिस भए बमोजिंमको नगद लाभांश (कर प्रयोजनको लागि) तथा बोनस सेयर अनुमोदन गरिने कम्पनीले जनाएको छ ।

साथै, कम्पनीको प्रवन्धपत्र नियमावलीमा अत्यावश्यक संशोधन तथा पूँजी संरचना समायोजन गर्नको लागि प्रस्ताव प्रस्तुत गरिने छ । सोही प्रयोजनको लागि बिशेष साधारण सभा आयोजना गर्नको लागि संचालक समितिलाई अधिकार प्रदान गर्ने कम्पनीले बताएको छ ।

उक्त सभा प्रयोजनको लागि वैशाख ८ गतेदेखि २२ गतेसम्म कम्पनीको सेयर दर्ता किताब (बुक क्लोज) बन्द रहने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.