सिभिल बैंकको हकप्रद सेयरमा वृद्धि, ३० प्रतिशत निष्काशन गर्ने प्रस्ताव

  २०७३ चैत ३० गते १७:१८     विकासन्युज

काठमाडौं । सिभिल बैंकको हकप्रद सेयरमा वृद्धि भएको छ । बैंकले पूँजी योजना अनुसार ३० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको छ । उक्त हकप्रद वृद्धि सम्बन्धि निर्णय बैंकको बुधबार बसेको बैंक सञ्चालक समितिको बैठकले गरेको हो ।

यस अघि बैंकले सेयरधनीहरुलाई २० प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको थियो । सो निर्णयलाई पुनरावलोकन गरि बैंकले युनिक फाइनान्स लि. र हामा मर्चेन्ट एण्ड फाइनान्स लि.लाई प्राप्ति गर्ने भएको छ । उक्त दुई कम्पनी प्राप्ति पश्चात बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई बोनस सेयर वितरण गर्ने भएको छ ।

साथै, बैंकले बोनस सेयर वितरण पश्चात कायम हुने चुक्ता पूँजीमा सो मात्राको(अर्थात ३० प्रतिशत) हकप्रद सेयर जारी गर्न लागेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.