नेपाल आँखा अस्पताललाई सिद्धार्थ बैंकको सहयोग

  २०७३ चैत २७ गते १८:३६     विकासन्युज

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व निर्वाहका क्रममा त्रिपुरेश्वरमा रहेको नेपाल आँखा अस्पताललाई सहयोग गरेको छ । बैंकले उक्त अस्पतालका आर्थिक अवस्था कमजोर भएका ४३ जना मोतिबिन्दुका बिरामीको मोतिबिन्दुको शल्यक्रियाका लागि १ लाख ०७ हजार ५०० बराबरको आर्थिक सहयोग प्रदान गरेको छ ।

सो सहयोग रकम बैंकका नायब महाप्रबन्धक रामेश्वर प्रसाद बस्यालले उक्त अस्पतालका अध्यक्ष विश्वकान्त मैनालीलाई हस्तान्तरण गरेका छन् । बैंकको ४३औं वार्षिकोत्सवको अवसरमा एक कार्यक्रमका बीच उक्त रकम हस्तान्तरण गरिएको बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.