सिमेन्टको मूल्य घटाउन उद्योग मन्त्रीको निर्देशन, उद्योगीले भने-हामी छलफल गर्छाै

  २०७३ चैत २४ गते १७:००     विकासन्युज

काठमाडौं । उद्योग मन्त्री नवीन्द्रराज जोशीले सिमेन्टको मूल्य घटाउन निर्देशन दिएका छन् । मुलुक भूकम्पपछिको पुनर्निर्माणको चरणमा रहेका बेला गरिएको मूल्य वृद्धिले गम्भिर असर गर्ने भन्दै उनले मूल्य वृद्धि पुनरावलोकन गर्न नेपाल सिमेन्ट उत्पादक संघलाई निर्देशन दिएका हुन् ।

नेपाल सिमेन्ट उत्पादन संघले हालै सिमेन्टमा प्रति वोरा २० देखी २५ रुपैंया सम्म मूल्य बृद्धि गरेको थियो । मन्त्री जोशीले नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुव थापालाई विहीवार उद्योग मन्त्रालयमा बोलाएर मूल्य वृद्धिको निर्णय पुनर्विचार गर्न भनेका हुन् ।

भेटमा नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुव थापाले सिमेन्ट उत्पादनका लागी प्रयोग गरिने कच्चा पदार्थ क्लिङ्गरको मूल्य वृद्धि भएकाले मूल्य पनि बढाएको बताएक थिए । उनले उत्पादन लागत बढेपछि आफुहरुले पनि सिमेन्टको मूल्य वृद्धि गरेको बताउँदै उद्योगीहरुसँग आवश्यक छलफल गरेर अघि बढ्ने बताएका थिए ।

अध्यक्ष थापाले उद्योगीसँग आवश्यक छलफल गरेर कति मूल्य समायोजन गर्न सकिन्छ भन्ने एकिन गरेर आइतबार फेरी छलफलमा जुट्ने आश्वासन मन्त्री जोशीलाई दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.