कल डिपोजिटको पैसा सेयरमा, बचतमाभन्दा धेरै व्याज खाेज्दै पैसा सेयरमा बजारमा

  २०७३ चैत १६ गते ८:१८     विकासन्युज

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा कल डिपोजिटमा रहेको रकम सेयर बजारमा स्थान्तरण हुन थालेको छ ।

नेपाल राष्ट बैंकले बचतमा भन्दा धेरै व्याज दिन नमिल्ने व्यवस्था गरेपछि कल डिपोजिटको पैसा धितोपत्र बजारमा आउन थालेको छ । यसले सेयर बजार परिसूचक केही दिनदेखि दोहोरो अंकले बढेको छ ।

मंगलबार सेयर बजार परिसूचक ५ प्रतिशल अर्था करिब ७७ अंकले बढेर १६ सयभन्दा माथि उक्लेको छ । बजार परिसूचकसँगै कारोबार रकममा पनि सुधार आएको छ ।

कल डिपोजिटमा बचतमा भन्दा बढी व्याज लिन नमिल्ने व्यवस्था भएपछि कलमा व्याज आम्दानी नहुने भएकाले सेयरबजारतर्फ त्यो रकम मोडिएको उल्ल्लेख छ । काराेबार दैनिकबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.