२०७३ चैत ९ गते १४:०९ विकासन्युज
काठमाडौं । बुधबार नेप्से परिसूचक १५०० नाघेको छ । दिउँसो २ बजेर ३ मिनेट जाँदाँसम्ममा परिसूचक १५०३ दशमलब ९ पुगेको छ । परिसूचक मात्रै होइन कारोबार रकममा पनि वृद्धि भएको छ ।
यो समाचार तयार पार्दासम्म एक अर्ब ६ करोड मुल्य बराबरको सेयर कारोबार भैसकेको छ । नेप्सेका सात वटै परिसूचक उकालो चढेका छन् । सानिमा बैंकको ५ करोड, नेपाल बैंकको ४ करोड, एनसीसी बैंकको पनि ४ करोड भन्दा बढि मुल्य बराबरको सेयर कारोबार भैसकेको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.