ग्लोबल आईएमई बैंकले ७ महिनापछि बोनस सेयर घटायो, साधारणसभा चैत २१ गते

  २०७३ फागुन २७ गते १०:३२     विकासन्युज

काठमाडौं । ग्लोबल आईएमई बैंकको बोनस सेयर घटेको छ । भदौ २९ गते बसेको बैंक सञ्चालक समितिले १६ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको थियो । सञ्चालक समितिले निर्णय गरेका ७ महिनापछि हुन लागेको साधारणसभामा १५.७६ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पेश गरिदैछ । बोनस सेयर रेट घट्नुको कारण खुलाईएको छैन ।

बैंकले यस वर्ष दिन लागेको लाभांश गत वर्षको तुलनामा ८ प्रतिशत कम हो । गत वर्ष बैंकले सेयरधनीलाई २३ प्रतिशत बोनस सेयर दिएको थियो ।

बैंकले आगामी चैत २१ गते साधारणसभा गर्दैछ । त्यसको लागि चैत ७ गतेदेखि २१ गतेसम्म बुक क्लोज रहने बैंकले जनाएको छ । यस बैंकले गत वर्ष कमाएको नाफा खान सेयरधनीले चैत ६ गतेअघि नै सेयर किन्नुपर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.