सेन्ट्रल फाइनान्स र भक्तपुर फाइनान्स मर्जको लागि राष्ट्र बैंकको स्वीकृति, एकिकृत कारोबार चैत १० गतेबाट

  २०७३ फागुन २५ गते ११:०५     विकासन्युज

काठमाडौं । भक्तपुरको भक्तपुर फाइनान्स अब ललितपुरको सेन्ट्रल फाइनान्समा मर्ज हुने भएको छ । सेन्ट्रल फाइनान्स र भक्तपुर फाइनान्सबीच मर्ज हुनको लागि नेपाल राष्ट्र बैंक र कम्पनी रजिष्ट्रारको कार्यालयले अन्तिम स्वीकृति दिएका छन् । मर्जको लागि राष्ट्र बैंकले फागुन ११ गते र कम्पनी रजिष्ट्रारको कार्यालयले फागुन २२ गते स्वीकृति दिएको हो ।

मर्जपछिको एकिकृत कारोबार चैत १० गतेबाट गरिने भएको छ । भक्तपुर फाइनान्स चैत ८ गतेसम्म मात्र खुल्ने छ । एकाउन्ट मर्जको लागि ९ गते सो फाइनान्सको सबै कारोबार बन्द हुने छ भने १० गतेदेखि सेन्ट्रल फाइनान्सको नामबाट कारोबार हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.