कालिन्चोक दर्शन अब केवलकारबाटै, अधिकांश सेयर स्थानीयको, दसैंलाई सञ्चालनको तयारी

  २०७३ फागुन १६ गते १०:२९     विकासन्युज

काठमाडौं । दोलखाको कुरी भञ्ज्याङदेखि कालिन्चोक मन्दिरसम्म केबलकार संचालन हुने भएको छ । करिब एक किलोमिटरको यो केवलकार निर्माणको काम धमाधम भइरहेकोले आगामी दसैंसम्ममा कालिन्चोक दर्शन केवलकारबाटै हुने भएको छ ।

केबलकार निर्माणको काम द्रत गतिमा भइरहेकोले आगामी दसैंबाट नै सेवा सञ्चालन गर्ने गरी तयारी गरिएको कालिञ्चोक केबलकारका एक संचालक बालकृष्ण शिवाकोटीले बताए ।

फाइल फाेटाे

उनका अनुसार केबलकार संचालन पछि अहिले औसतमा दैनिक ३ सय दर्शनार्थी कालिन्चोक पुग्ने गरेकामा केबलकार सञ्चालनपश्चात तुरुन्तै ५ सय पुग्ने छन् । केबलकार सञ्चालको केही समयपछि नै दैनिक दर्शनार्थी १ हजारको संख्यामा कालिन्चोक मन्दिर पुग्ने अनुमान गरिएको पनि शिवाकोटीले बताए ।

केवलकार निर्माण पछि यो क्षेत्रमा होटल र रिसोर्ट आवश्यकता अनुसार लगानी बढाउन सकिन्छ । हाल कुरी भञ्ज्याङमा ३० वटा होटल रहेका छन् । यी होटलमा अहिले पनि मागको आधा मात्रै आवश्यकता पूरा गर्न सकेको उल्लेख छ ।

धार्मिक पर्यटकीय दृष्टिले अन्त्यन्तै महत्वपूर्ण मानिएको यो क्षेत्रमा केवलकार संचालनपछि यसको मुहार नै परिवर्तन हुने उल्लेख छ । करीब ४० करोड रुपैयाँ लगात अनुमान गरिएको यो केवलकार निर्माणमा नेपाल एसबीआई बैंकले लगानी गर्दै छ । यो बैंकले करिब २० देखि २२ करोड रुपैयाँ लगानी गर्ने भएको छ ।

केवलकारमा ४ वटा गोन्डुला (केवलकारका बक्स) हुने भएका छन् । एउटा गोन्डुलामा १० देखि १२ जनाको क्षमता हुने कालिन्चोक केवलकारले जानकारी दिएको छ । आधुनिक शैंलीको यो केवलकारमा थोरै गोन्डुला भएपनि संचालन विधि पनि अत्याधुनिक हुने उल्लेख छ ।

स्थानीयको लगानी १० लाखदेखि करोडसम्म
स्थानियको लगानी भएको यो केवलकार पहिलो पब्लिक कम्पनी हुने पनि केबलकार संचालकको भनाइ छ । नेपालमा स्थानीयलाई सेयर दिएर संचालन हुने पहिलो कम्पनीको रुपमा यसले आफ्नो छवि बनाउने भएको छ ।

यो केबलकार सञ्चालन गर्न पब्लिक कम्पनी खडा गरेर लगानी जुटाएको उल्लेख छ । यो केवलकारमा करिब ५० जनाको लगानी रहेको छ । प्रतिव्यक्ति १० लाखदेखि एक करोडसम्म नै लगानी रहेको यो कम्पनीमा अधिकांश दोलाखाली नै रहेको पनि उल्लेख छ ।

संभावना प्याराग्लइडिङ र स्कीको
यो स्थानमा कालिन्चोक र सँगैको डाँडाबाट प्याराग्लाइडिङ र स्कीको संम्भाव्यता पनि अध्ययन भइरहेको छ ।

आकर्षक र मनामोहक यो स्थानमा केवलकारसँगै स्की र प्याराग्लाइडिङको संम्भाव्यता देखिएकोले एक विदेशी नागरिकले लगानी गर्ने इच्छा देखाएका छन् ।

एक जना नेपालीसँगको सहकार्यमा ती विदेशीले प्याराग्लाइडिङ र स्कीमा लगानी गर्न चाहेको पनि स्रोतले जानकारी दिएको छ ।

दोलखाको चरिकोटबाट १८ किलोमिटरको दूरीमा रहेको यो स्थानमा पर्यटकीय संम्भावना औल्याउँदै केवलकार संचालन भएको हो ।

यहाँ पुग्ने हरेक पर्यटकको लागि एक रात वास बसाउने उद्देश्य स्थानियको रहेको छ । यो स्थानमा भएको विविध पर्यटकीय संभावनाले र आकर्षक स्थान भएकोले पनि पर्यटक भुलाउने सेवा र सुुविधा थप गर्दै जान सकिने उल्लेख छ । अहिले पनि कालिन्चोक पुग्ने ७५ प्रतिशत पर्यटककको एक दिनको बसाई हुने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.