गोमा एयरले भित्र्यायो थप दुई जहाज, गोमाका जहाजको संख्या ६ पुग्यो

  २०७३ फागुन १६ गते ८:४१     विकासन्युज

काठमाडौं । निजी क्षेत्रको आन्तरि उडानको वायुसेवा कम्पनी गोमा एयरले थप दुईवटा मल्टिइन्जिनका जहाज भित्र्याएको छ । गोमा एयरले आइतबार चेक गणराज्य, यूरोपमा बनेको लेटको ४१० नामक विमान ल्याएको हो । यो वाुसेवाले काठमाडौं ाट पुर्वी नेपाल लगायतका गन्तब्यहरुमा उडान गर्न जहाज थप गरेको जानकारी दिएको छ ।

२०६७ सालमा स्थापना भएको यो वायुसेवाल दुईवटा सिंग्गल इन्जिनका सेस्ना ग्राण्ड क्याराभान नामक जहाजबाट सुदुरपश्चिम र कर्णाली क्षेत्रमा सेवा सन्चालन शुरु गरेको थियो ।

यस कम्पनीले २०७० मा नेपालको दुर्गम र पर्यटकीय गन्तब्यहरुमा सेवा बिस्तार गर्ने उद्देश्यले दुर्गम विमानस्थलहरुका र पर्यटन व्यवसायीहरुको मागलाई मध्यनजर गर्दै कम्पनिले दुई लेटकै जहाज ल्याएको गाेमा एयरले अाइतबार जारी गरेकाे एक प्रेस  विग्यप्तीमा उल्लेख छ ।

यि दुवै जहाज नेपाली चालकदल र इन्जिनियरिङ्ग दलले रुसवाट मंगोलिया, चीन, भियतनाम, बंगलादेश हुदै नेपाल ल्याएका हुन । यि दुइ जहाजहरुको थप वाट गोमा एयर संग दुई वटा सिंग्गल इन्जिन, ४ वटा लेटका जहाज भएका छन् ।

छोटो धावन मार्ग प्रयोग गर्ने यि ६ वटै विमानहरुले काठमाडौं, पोखरा, र नेपालगन्जबाट नेपाली दुर्गम क्षेत्र र पर्यटकीय गन्तव्यहरुमा सेवा गर्ने योजना कम्पनीले वनाएको छ । सेवा विस्तार संग चाहिने पुर्वाधारहरुको व्यवस्था कम्पनिले विमानहरु आउनु अगावै तयारी गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.