नेपाल इन्भेष्टमेन्ट बैंक ३१ वर्षमा प्रवेश, पाँच पटक अन्तर्राष्ट्रिय पुरस्कार पाउन सफल

  २०७३ फागुन १५ गते १४:४४     विकासन्युज

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक आइतबारदेखि स्थापना कालको ३० वर्ष पुरा गरेर ३१ वर्षमा प्रवेश गरेको छ । सो अवधिसम्म बैंकले पाँचौँ पटक “बैंक अफ द इयर“को गरिमामय अन्तर्राष्ट्रिय पुरस्कार पाएको छ । बैंकले फाइनान्सियल टाइम्स लण्डनबाट उक्त पुरस्कार पाएको हो । बैंक नेपाल राष्ट्र बैंकद्धारा तोकिएको मितिभन्दा अगाडि नै आठ अर्वको चुक्ता पूँजी पुराउने निजी क्षेत्रको पहिलो वाणिज्य बैक बन्न सफल भएको छ ।

बैंकले आफ्नो तीन दशकको सेवा अवधिमा व्यवसायिक उत्कृष्टता र ग्राहक सन्तिुष्टिलाई उच्चस्तरमा कायम राख्न सफल भएको छ । नेपाल इन्भेष्टमेण्ट बैंक लि.ले आफ्ना ४७ वटा शाखाहरू, दुईवटा एक्स्टेन्सन काउन्टर, ८४ वटा ए.टि.एम मेसिन र ४२ वटा शाखारहित संजालबाट ७ लाख ५० हजारभन्दा बढी ग्राहकहरूलाई सेवा पुर्याउँदै आएको छ ।

गत आ.व.२०७२/७३ मा बैंकले ४ अर्ब १३ करोड रुपैयाँ सञ्चालन मुनाफा कमाएको थियो भने बैंकको खुद नाफा २ अर्व ५५ करोड रुपैयाँ कमाएको छ । जुन अघिल्लो आर्थिक वर्षभन्दा क्रमश ३२.६ र ३० प्रतिशतले बृद्धि भएको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा बैंकले १ अर्व ५८ करोड रुपैयाँ खुद नाफा गर्न सफल भएको छ ।

दोस्रो त्रैमासीक सम्ममा चुक्ता पूँजी ८ अर्ब ७१ करोड स्पैयाँ रहेको छ । बैंकको पूँजी पर्याप्तता अनुपात १४.२८ प्रतिशत छ भने बैंकले निस्क्रिय कर्जालाई ०.७० प्रतिशतमा सिमित पारेको छ ।

नेपाल इन्भेष्टमेण्ट बैंक लि.ले सन् २०१०-११ देखि निरन्तर रूपमा अन्तराष्ट्रिय मान्यता प्राप्त क्रेडिट रेटिङ एजेन्सी आइ.सि.आर.ए. नेपाल लिमिटेडबाट “क” वर्गको मान्यता प्राप्त गरिरहेको छ । नेपाल इन्भेष्टमेण्ट बैंक लि. बैंक अफ द इयर पाँचौँ पटक प्राप्त गर्ने नेपालको एकमात्र बैंक रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.