फियाट्को ‘गेट मोर विथ पुन्टो प्युअर’ नेपाली बजारमा, मूल्य २२ लाख ८९ हजार रुपैयाँ मात्र

  २०७३ माघ १२ गते १८:०५     विकासन्युज

काठमाडौं, १२ माघ । नेपालका लागि फियाट्को आधिकारिक विक्रेता लाइफ अटोमोबाइल प्रालिले बुधबार नयाँ स्किम- ‘गेट मोर विथ पुन्टो प्युअर’ सार्वजनिक गरेको छ । नयाँ स्किममा लाइफ अटोमोबाइलले फियाट् पुन्टो प्युअरको खरिदमा भारी छुट र सुविधा उपलब्ध गराउने कम्पनीले जनाएको छ ।

FIAT-PUNTO-PURE
उक्त कार  खरिदकर्ताले विशेष नगद छुट, एक वर्षको लागि गाडीको विमा, एक वर्षको सवारी कर, निःशुल्क एसोसरिज, रिभर्स क्यामेरा, आठ पटक निःशुल्क सर्भिसिङ, एक्सचेन्ज बोनस र लोयाल्टी बोनस लगायतका सुविधा पाउने कम्पनीले जनाएको छ । पुन्टो प्युअर यसै वर्ष नाडा अटो शोमार्फत नेपालमा ल्याइएको थियो । त्यसयता, यो युरोपेली कारले कार पारखीहरुको मन जित्न सफल भइरहेको छ ।

कम्पनीका अनुसार पुन्टो प्युअर १२ सय सीसीको इन्ट्रिलेभर कार हो । युरोपियन विल्ड, फोर सिलिन्डर, स्पेसियस इन्टेरियर र क्लास लिडिङ ग्राउन्ड क्लेरेन्स यसका विशेषताहरु हुन् । पुन्टो प्युअर एक्जोटिक रेड, हिपहप ब्ल्याक र सेतो रंगमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

दुई सय ८० लिटर बुट भएको पुन्टो प्युअरको ग्राउन्ड क्लेरेन्स एक सय ९५ सीसी रहेको छ जसले गर्दा खराब सडकमा पनि आरामदायी यात्राको अनुभव दिलाउँछ । यसमा फायर प्रिभेन्सन सिस्टम समेत रहेको छ । कम्पनीका अनुसार यो प्रविधिले दुर्घटना हुँदा इन्धनको आपुर्ति काटेर आगलागी हुनेबाट रोक्छ ।

फियाट् इटालियन ब्रान्डको गाडी हो जुन संसारभरि लोकप्रिय छ । यो ब्रान्डका गाडी ६६ देश र सबै महादेशमा उपलब्ध छन् । नेपालीमा लाइफ अटोमोबाइलले पुन्टो प्युअरबाहेक एभेन्च्युरा, पुन्टो इभो, अबार्थ पुन्टो र एभेन्च्युरा पावर्ड बाई अबार्थ बिक्री गर्दै आएको छ ।

नेपाली बजारमा पुन्टो प्युअरको मूल्य २२ लाख ८९ हजार रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.