सानिमा बैंकले शुरु गर्यो यूसडि क्रेडिट कार्ड, दुई देशबाहेक अन्य देशमा प्रयोग हुने

  २०७३ माघ १० गते १२:२८     विकासन्युज

VISA-Cards-sanima_bankकाठमाडौं, १० माघ । सानिमा बैंकले आफ्ना ग्राहकहरुका लागि चिप प्रविधिमा आधारित डलर क्रेडिट कार्ड प्रयोगमा ल्याएको छ । यो कार्ड भिसा कार्ड स्विकृत हुने भारत र भुटान बाहेक विश्वका सम्पूर्ण एटिएम तथा पिओएस मेसिनहरुमा प्रयोग गर्न सकिनेछ ।

चिप प्रविधिमा आधारित र विश्वमा नै बढी  स्विकृत हुने यो कार्डबाट ग्राहकहरुले ढुक्क भई सुरक्षित कारोवार गर्न सक्नेछन्। यो कार्ड बिदेश भ्रमणको लागि जाने ग्राहकहरुका लागि निकै लाभदायक हुने बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.