नेपाल बङ्गलादेश बैंकको नाफा ४६ प्रतिशतले बढ्यो, ६ महिनामा कमायो ५४ करोड

  २०७३ माघ १० गते ११:०७     विकासन्युज

NB-Bank-Logoकाठमाडौं ९, माघ । नेपाल बङ्गलादेश बैंकको नाफा ५४ करोड ६ लाख रुपैयाँ पुगेको छ । बैंकको यो नाफा चालू आर्थिक वर्षको ६ महिनामा अघिल्लो वर्षको सोेही अवधिको तुलनामा १७ करोड २० लाख रुपैयाँले बढेको छ । यो नाफा अघिल्लो वर्षको सोही अवधिसम्मको तुलनामा ४६ प्रतिशतले बढेको छ ।

बैंकको गएको पुस मसान्तसम्मको निक्षेप संकलन ४१ अर्ब ३ करोड रुपैयाँ रहेको छ । यो बैैकले यस अवधिमा ३६ अर्ब २० करोड रुपैयाँ ऋण लगानी गरेको छ । बैंकले यस अवधिसम्ममा गरेको लगानी भने ६ अर्ब ६८ करोड रुपैयाँ रहेको छ ।

बैंकको चुक्ता पूँजी ४ अर्ब १ करोड रुपैयाँ रहेको छ । यसले जगेडा कोषमा २ अर्ब ५६ करोड रुपैयाँ रहेको छ । बैंकको सीडी रेसियो ७८ दशमलव १९ प्रतिशत रहेको छ ।

बैंकको खराव कर्जा शून्य दशमलव १९ प्रतिशत रहेको । बैंकको प्रति सेयर आम्दानी २७ रुपैयाँ रहेको छ । बैंकको प्रतिसेयर ७ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.