ग्लोबल आइएमईको दशौँ बार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम

  २०७३ पुष १८ गते १८:३०     विकासन्युज

काठमाडौं, १८ पुस । ग्लोबल आइएमई बैंकले आफ्नो १०औ वार्षिकोत्सवको अवसरमा रक्तदान तथा निशुल्क मधुमेह परिक्षण कार्यक्रमको आयोजना गरेको छ । बैंकले “रक्तदान नै जीवन दान” हो भन्ने मुल नाराका साथ रक्तदान तथा निशुल्क मधुमेह परिक्षण कार्यक्रम सम्पन्न भएको छ । मुलुकमा देखिएको रगत अभाबलाई ध्यानमा राखेर बैंकले यस कार्यक्रमको आयोजना गरेको जनाएको छ ।

global_ime_blood_donation

हाल ९१ शाखा, १०३ एटिएम, ६ वटा एक्टेन्सन काउण्टर, ४४ शाखा रहित बैंकिङ्ग सेवा रहेको यस बैंकले ६ लाख भन्दा बढि ग्राहकलाई सेवा दिदै आइरहेको छ । त्यस्तै बैंकले अत्याधुनीक प्रविधियुुक्त मोवाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्ट्रेलिया, मलेसिया, भारत, दक्षिण कोरिया, कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दे आइरहेको छ ।

ग्लोबल आइएमई बैंकले स्थापनाको एक दशकमा बैंक अफ द इएर तथा बेष्ट इन्टरनेट बैंकिङ्ग अर्वाडबाट समेत सम्मानित भईसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.